युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने : ‘ट्रम्पको दृढ नेतृत्वसँग काम गर्न तयार’


प्रकाशित मिति : फाल्गुन २०, २०८१ मंगलबार

US-UKRAINE-DIPLOMACY-POLITICS-UNREST-ZELENSKY

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘दृढ नेतृत्व’सँग काम गर्न तयार रहेको बताएका छन ।

अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहायता रोकेको घोषणा गरेपछि जेलेन्स्कीको यो प्रतिकृया बाहिर आएको हो । जलेन्स्कीले अमेरिकाको सहयोग र समर्थन बिना युक्रेन एक्लै अघि बढ्न नसक्ने बताएका छन ।

शुक्रबार ओभलमा भएको वार्ता अपसोसजनक भएको भन्दै दुख व्यक्त गरेका जेलेन्स्कीले फेरी वार्तामा बस्न र खनिज सम्झौता गर्न अमेरिकासँग तयार रहेको बताए ।

शुक्रबारको घटना जे नहुनु पर्ने थियो त्यो भयो त्यसमा मलाई अपसोस छ जेलेन्स्कीले भनेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकासँग भविष्यमा हुने सहयोग र संचारलाई रचनात्मक बनाउन युक्रेन तयार रहेको उनको भनाई छ । युक्रेनले मङ्गलबार अमेरिकी सैन्य सहायता रोकेको र समीक्षा गरिरहेको खबर प्राप्त भएको जनाएको छ ।

जेलेन्स्कीले अमेरिकाको सहयोगको कदर गर्दै भनेका छन ‘हामी वास्तवमै यो कदर गर्छौं कि अमेरिकाले युक्रेनलाई सार्वभौमिकता र स्वतन्त्रता कायम राख्न मद्दत गरेको छ, । हामीलाई त्यो क्षण सम्झिन्छौं जब राष्ट्रपति ट्रम्पले युक्रेनलाई जाभलिन प्रदान गरे। यसका लागि हामी आभारी छौं।’

शुक्रबारको बैठकमा उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई अमेरिकी सैन्य सहयोगका लागि आभार पनि प्रकट नगरेको आरोप लगाएका थिए । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले जेलेन्स्कीको पछिल्लो बक्तव्यले मार्फत शान्ति प्राप्त गर्ने दृढ प्रतिबद्धता को स्वागत गरेका छन ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले ट्रम्पसँग संवादमा पुनः संलग्न हुने जेलेन्स्कीको इच्छालाई सराहना गरेका छन् । नेटोका महासचिवले यूक्रेनी नेता जेलेन्स्कीलाई ट्रम्पसँगको सम्बन्ध पुन स्थापना गर्न सल्लाह दिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com