Follow @khasokhasmag

मेक्सिकोमा भूकम्प: राजधानी प्रभावित


प्रकाशित मिति : आश्विन ४, २०७४ बुधबार

उद्धारउद्धारकर्ता र स्वयंसेवीहरुले भत्किएका भवनमा च्यापिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन्

कम्तीमा एउटा विद्यालय पनि भत्केको र त्यसमा बालबालिका फँसेको खबर छ।

मोरेलोस र पोएब्ला राज्यमा पनि ठूलो क्षति भएको बताइएको छ।

भूकम्प ३२ वर्ष अगाडि विनाशकारी भूकम्प आएकै दिन अर्थात सेप्टेम्बर १९ का दिन आएको छ।

३२ वर्ष अघि आएको भूकम्पमा दश हजार जति मानिस मारिएका थिए।

सेवा अवरुद्ध

राजधानीको दक्षिणतिर स्थित मोरेलोस राज्यमा कम्तीमा ५५ जना मारिएका र पोएब्ला राज्यमा ३२ जना मारिएका बताइएको छ।

राजधानीका बीस लाख जति मानिसहरुकहाँ बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ।

अधिकारीहरुले ग्यासलाइनहरु फुटेको हुनसक्ने भन्दै सडकमा चुरोट नखान सचेत गराएका छन्।

मेक्सिको सिटी संसारमै सबभन्दा संघन जनसंख्या भएको शहर हो जहाँ दुई करोड मानिस बसोबास गर्छन्।

BBC Nepali

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com