अमेरिकामा विद्यार्थी बलात्कारका २० र १९ बर्षका २ अभियुक्त नेपाली विद्यार्थीहरु रहेको पुष्टी


प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार

मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी बलात्कारमा संलग्न भएको अभियोग लागेका २० बर्षका दिपक फयाल र १९ बर्षका सुजन तामाङ नेपाली विद्यार्थीहरु नै रहेको पुष्टी भएको छ । यस अगाडि उनीहरु नेपालीभाषी भएको पुष्टी भएपनि नेपाली नागरिक नै भएको भने पुष्टी भएको थिएन ।

मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीले उनीहरु दुबैजना नेपाली विद्यार्थी रहेको र फल सेमेस्टरका लागि भर्ना भएको तर स्प्रींङ सेमेस्टरका लागि भने भर्ना नभएको खसोखासलाई जानकारी दिएको छ । घटनाको बखत उनीहरु सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा नै अध्ययनरत थिए । उनीहरु दुबैजना अगस्तदेखि डिसेम्बरसम्म उक्त युनिर्सिटीमा अध्ययन गरिरहेका थिए । तर घटनापछि फयालले मिनेसोटा छाडेर क्यालिफोर्निया गई सान फ्रान्सिस्को बे युनिभर्सिटीमा भर्ना भएको देखिएको छ ।

फयाललाई प्रहरीले गत बिहिबार क्यालिफोर्नियामा फ्रिमोन्ट प्रहरी विभागको स्ट्रीट क्राइम्स युनिटले पक्राउ गरिसकेको छ भने मिनेसोटा सुपुदर्गी गर्ने तयारी भएको छ । त्यसै क्रममा फयाललाई बिहिबार विहान अदालतमा पेश गरिदैछ । अदालतको रेकर्ड अनुशार उनलाई ईस्ट काउन्टी हल अफ जस्टिसमा बुधबार विहान ९ बजे पेश गरिदैछ ।

फ्रिमोन्ट जेलका अनुशार फयाललाई बिहिबार बेलुका ५ बजेर २० मिनेटमा पक्राउ गरिएको हो । बेलुका ८ बजेर ३५ मिनेटमा जेलका लागि बुक गरिएको थियो । फयाललाई मिनेसोटा पठाउनु अगाडि सान्तारिता जेलमा राखिएको छ । जेल रेकर्ड अनुशार फयालले मिनेसोटाको घटनापछि कलेज ट्रान्सफर गरेको देखिएको छ । उनी पछिल्लो समय सान फ्रान्सिस्को बे युनिभर्सिटीमा अध्ययनरत रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फयाललाई कुनै घटना विना नै हिरासतमा लिइएको थियो। सेन्ट क्लाउड प्रहरीले फयाललाई मिनेसोटाको स्टेर्न्स काउन्टीमा सुपुर्दगी गर्नका लागि हाल क्यालिफोर्नियामा राखिएको जनाएको हो । ५ फिट ९ इन्च उचाई र १४५ पाउण्ड तौल रहेका फयाललाई अन्य एसियनको रुपमा सुचित गरिएको छ । फयाल गतबर्षको जुनमा २० बर्ष पुगेका थिए । अर्का संदिग्ध सुजन तामाङ भने अझै फरार रहेको सेन्ट क्लाउड प्रहरी विभागले खसोखासलाई जानकारी दिएको छ ।

गत नोभेम्बर १ मा राति मिनेसोटाको सेन्ट क्लाउडको फस्ट एभेन्‍यु साउथमा भएको बलात्कारको घटनामा उनीहरु संलग्न भएको अभियोग लगाइएको छ । सेन्ट क्लाउड प्रहरी विभागले सार्वजनिक सहयोगको लागि आह्वान गर्दै घटनासँग सम्बन्धित कुनै पनि जानकारी भए जानकारी गराउन अनुरोध गरेको छ।

फयालविरुद्ध पहिलो र तेस्रो डिग्री आपराधिक यौन दुर्व्यवहार, साथै पहिलो डिग्री आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको आरोप लगाइएको छ। तामाङविरुद्ध भने पहिलो डिग्री आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको दुईवटा आरोप र चौथो डिग्री आपराधिक यौन दुर्व्यवहारको एक आरोप लगाइएको छ। उनीहरुविरुद्ध देशव्यापी पक्राउ आदेश पनि जारी गरिएको थियो ।

उनीहरुले सेन्ट क्लाउड स्टेट युनिभर्सिटीकी एक महिला विद्यार्थीलाई बलपूर्वक उनको छात्रावास कोठामा लगी बलात्कार गरेको अभियोग लगाइएको छ । उजुरीअनुसार पीडितले उक्त आक्रमणबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । सार्वजनिक सुरक्षाका अधिकारीहरूले फयाल र तामाङलाई संदिग्धको रूपमा पहिचान गरेका थिए।

बलात्कार घटनाको केही घण्टापछि फयालले पीडितलाई इन्स्टाग्राममार्फत सन्देश पठाएर उनको अवस्थाबारे सोधेको उजुरीमा उल्लेख छ । पीडितको चिकित्सा परीक्षणका क्रममा संकलित डीएनए नमूना फयाल र तामाङ दुवैसँग मिलेको उजुरीमा उल्लेख छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com