अमेरिकामा बलेवा समाज, अध्यक्षमा अधिकारी


प्रकाशित मिति : आश्विन ४, २०७४ बुधबार

बाग्लुङको बलेवा क्षेत्रबाट अमेरिकामा बसोवास गर्नेहरुको साधारण भेलाले अनिल अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तर्दथ समिति चयन गरेको छ । समाजको बृहत्तर हितमा हामी नेपाली भन्ने नाराका साथ आयोजना गरिएको भेलाले वरिष्ठ उपाध्यक्षमा टुकनाथ शर्मालाई चयन गरेको छ ।

यस्तै समितिको उपाध्यक्षमा प्रकाश जिसी र नवराज पन्त रहेका छन् । यस्तै समितिको महासचिवमा कृष्णराज सुवेदी, सचिवमा कृष्ण पौडेल, सहसचिवमा विन्दु पौडेल थपलिया, कोषाध्यक्षमा डोलेन्द्र पौडेल, सदस्यहरुमा इश्वर शर्मा, बाशु पौडेल र हिमाल शर्मा रहेका छन् ।

भेलाले जनसम्पर्क समितिका पूर्व संयोजक विष्णु सुवेदीलाई बलेवा समाज अमेरिकाको संरक्षक तोकेको छ । यस्तै भेलाले सल्लाहकारहरुमा दुर्गाप्रसाद श्रेष्ठ, कृष्ण जिसी, शकश जिसी, प्रकाश श्रेष्ठ र धनबहादुर खत्रीलाई चयन गरेको छ ।

सामाजिक काम गर्ने उदेश्यका साथ गठन भएको बलेवा समाजले आफ्नो क्षेत्रमा भैपरि आउने सामाजिक काममा सहभागिता जनाई सहयोग गर्ने, सिंगो देशभर हुने बिभिन्न अप्ठ्याराहरुमा सहयोगी सस्था बन्ने उदेश्य राखिएको समाजका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकारीले भने, हामी भौगोलिक हिसाबले हामी धेरै टाढा छौं, तर हाम्रो मन हामी हुर्केको गाउँघरमा सँधै भईरहन्छ, यसर्थ हामी हाम्रो क्षेत्रमा भैपरि आउने समस्यामा सहयोगी बन्नका लागि समाज बनाइएको छ ।

उनले समाजको नाम बलेवा दिइएको भएपनि देशभर सामाजिक हिसाबले सहयोग गर्ने उदेश्यका साथ समाजको गठन गरिएको जनाए । यस्तै भेलाले अमेरिकाको कानुन अनुसार सस्था दर्ता गर्ने, अमेरिकाभर भएका बलेवा क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरुलाई साधारण सदस्य बनाउने निर्णय गरेको छ ।

यस्तै कार्यसमितिमा रहेका पदाधिकारी सहित सदस्यहरुबाट प्रतिव्यक्ति एक सय डलर जम्मा गर्ने निर्णय भएको समाजका कोषाध्यक्ष डोलेन्द्र पौडेलले जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com