नीति परिवर्तपछि अमेरिकी दूतावास काठमाडौंबाट भिसा नवीकरणमा अन्तर्वार्ता छुटबारे पेज अपडेट


प्रकाशित मिति : फाल्गुन १४, २०८१ बुधबार

अमेरिकी विदेश मन्त्रालयले गैरआप्रवासी भिसाको म्याद समाप्त भएको १२ महिनाभित्रमात्र भिसा नवीकरणमा अन्तर्वार्ता छुट दिने नीति कायम गरेपछि अमेरिकी दूतावास काठमाडौंले पनि यसबारेको पेज अपडेट गरेको छ । यस अगाडि म्याद समाप्त भएको ४८ महिनाभित्र भिसा नविकरणमा अन्तरवार्ता छुटको व्यवस्था रहेको थियो ।

बीवान बी टु, एफ, एचवान, एचफोर, जे, नन ब्ल्यांकेट एल, एम, ओ वर्गको भिसा को लागि आवेदन दिने आवेदकले अनलाइनमा प्रोफाइल बनाएर आफ्नो आवेदन भरेपछि लागू गरिएका योग्यताहरु पूरा गरेमा आफ्नो अन्तरवार्ता छूट कन्फर्रमेसन पेजको दुइ प्रति प्रिन्ट गरेर छ वटा कागजात वितरण केन्द्रहरुमध्ये एउटा केन्द्रमा बुझाउन सुझाव दिइएको छ । आवेदनको समीक्षापछि अन्तर्वार्ताको लागि उपस्थित हुन आवश्यक भएको वा अन्तर्वार्ता विना नै भिसा जारी गर्न सकिने भन्ने कुराको निर्धारण कन्सुलर अधिकारीले गर्ने साथै अन्तर्वार्ता विना भिसाको लागि योग्य नभएको पाइएमा आवेदन प्रत्यक्ष अन्तर्वार्ताको लागि विचाराधीन गरी अस्वीकार गरिने जनाइएको छ ।

भिसा नविकरणका लागि आवेदक नेपालमा उपस्थित हुनुपर्छ भने नेपाली नागरिक वा कम्तिमा अघिल्लो ६ महिनादेखि नेपालको बासिन्दा हुनुपर्छ । भिसा नवीकरण गर्दै गरेको र उही भिसा भिसा वर्गको लागि आवेदन गरेको हुनुपर्छ । भिसा अझै वैध भएको अवस्थामा वा भिसा म्यादको मितिको १२ महिना भित्र आवेदन दिएको हुनुपर्छ । म्याद सकिएको मितिले १२ महिनापछि आवेदन दिएमा भिसा नवीकरणमा अन्तर्वार्ता छुट पाइनेछैन । साथै यस अगाडि जनवरी १, २००८ मा वा त्यस पछि भिसाको लागि अन्तर्वार्ता दिएको हुनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तिम भिसा मल्टिपल हुनुपर्छ भने अन्तिम भिसा पूर्ण अवधिको लागि जारी गरिएको हुनुपर्छ । जुन नेपालीका लागि सामान्यतया ५ बर्षको हुन्छ । पछिल्लो भिसा कहिल्यै रद्द भएको, हराएको वा चोरी भएको हुनुहुँदैन । साथै आवेदकको नाम, जन्म मिति, राष्ट्रियता, र जन्म स्थान दुबै आवेदनहरूमा समान हुनुपर्छ वा परिवर्तनको कारणको प्रमाण प्रदान गर्न सक्नुपर्छ । अमेरिकाको अघिल्लो भ्रमणमा अधिकृत समय भन्दा बढी बसेको हुनुहुँदैन भने अघिल्लो भिसामा अमेरिकामा हुँदा टीपीएसको लागि आवेदन दिएको हुनुहुँदैन ।

त्यस्तै उमेरका आधारमा भिसामा अन्तर्वार्ता छुट पाउनका लागि आवेदनले ८० औं जन्मदिन पछि आवेदन गरेको वा १४ औँ जन्मदिनभन्दा अघि आवेदन गरेको हुनुपर्छ । १४ बर्षभन्दा कम उमेरकोले आवेदन दिंदा आमा बुबा दुबैसँग वैध भिसा छ हुुनपर्छ वा, आमा बुबा मध्ये एक वा दुबैले आफ्नो भिसा नवीकरणको लागि आवेदन दिएको हुनुपर्छ र आमाबुबाको जस्तै भिसा वर्गको लागि सँगै आवेदन दिएको हुनुपर्छ । भर्खरको भिसा आवेदन अस्वीकार गरिएको हुनुहुँदैन । अघिल्लो भिसा जारी गर्दा आवेदकको उमेर १४ बर्ष मुनि रहेको र अहिले भिसा आवेदन गर्दा पनि उमेर अझै १४ बर्ष मुनि नै भएपनि भिसामा अन्तर्वार्ता छुट पाउन सकिन्छ ।

यदि अन्तर्वाता छूटका लागि योग्य भएमा अनलाइन एकाउन्टबाट प्रिन्ट गरिने छुटपत्र, अमेरिकाको बसाईं बाहेक कम्तीमा छ महिनाको वैधता भएको हालको राहदानी, पछिल्लो जारी गरिएको अमेरीकी भिसा भएको राहदानी डी एस १६० पेश गरेको कन्फर्मेशन पेज, भिसा आवेदन कन्सुलर शुल्क भुक्तानी रसिद, पछिल्लो ६ महीना भित्र लिएको एउटा तस्वीर, एफ वा एम भिसा भएमा आई २० को प्रलितिपी र सक्कल ट्रान्सक्रिप्ट, बी वर्गको भिसाको लागि आवेदक १४ बर्ष मुनिको केटाकेटी हो भने आमाबाबु दुवैको सोहि वर्गको मान्य  भिसाको प्रतिलिपि, नाम, जन्म मिति, राष्ट्रियता, र जन्मस्थान तपाईंको अघिल्लो आवेदनपछि परिवर्तन भएको छ भने परिवर्तनको कारणको प्रमाण र आफ्नो भिसा प्रकारको लागि आवश्यक सहायक कागजपत्रहरु ड्रपबक्समा पेश गर्नुपर्छ ।

१४ वर्षभन्दा कम उमेरका केटाकेटीले  आमाबाबु दुवैको  राहदानीका बायोग्राफीक जानकारी पृष्ठ, आमाबाबु दुवैको  मान्य अमेरिकी भिसा र आफ्‍नो  जन्मदर्ता प्रमाणपत्रको एक प्रतिलिपि पेश गर्नु अनिवार्य छ । यदि आमाबाबुसँग अमेरिकाको भिसा  छैन भने केटाकेटीहरू बी वर्गको भिसा अन्तर्वार्ता छूटको लागि योग्य हुँदैनन्। अन्तरवार्ता छुट योग्यताले  भिसा जारी हुन्छ भन्ने ग्यारेन्टी दिँदैन न त अन्तरवार्ता छुट गरिने ग्यारेन्टी दिन्छ । यद्यपि तपाईंको अन्तर्वार्ता छुट भएता पनि औंलाको छाप दिन आउनु पर्ने हुन सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com