डोनाल्ड ट्रम्पले नेपालको संविधान दिवसमा शुभकामना दिए


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

काठमाडौँ, ३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ ।

“यो दिन तपाईँको देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईँहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन्”, राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज पठाइएको ट्रम्पको सन्देशमा भनिएको छ ।
गत साल यो महत्वपूर्ण दिन मनाएयता नेपालले महत्वपूर्ण प्रगति हासिल गरेको उल्लेख गर्दै सन्देशमा भूकम्पपछिको पुनःनिर्माणले तीव्रता पाएको र लाखौँ नेपालीको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको बताइएको छ ।

“सबैभन्दा महत्वपूर्ण कुरा त, तपाईँहरूले २० वर्षमा पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुभएको छ, जुन तपाईँहरूको लोकतान्त्रिक सरकारका लागि उल्लेखनीय कोसेढुंगा हो”, सन्देशमा भनिएको छ । हाम्रा साझा सिद्धान्तहरूप्रतिको नेपालको प्रतिबद्धताका लागि धन्यवाद दिँदै उहाँले शान्ति र समृद्धिको दिशामा नेपालको जारी प्रगतिमा सहयोग कायमै रहेको दोहो¥याउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com