नेटोको भविष्यलाई लिएर युरोपेली देशहरु चिन्तामा


प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार

अमेरिका र रुसबीचमा विकसित भएको नयाँ सम्वन्धले नेटोको भविष्य संकटमा परेको विश्लेषकहरुले बताएका छन ।

कतिपय युरोपेली देशका नेताहरुले समेत नेटोको आगामी यात्राको बारेमा चिन्ता प्रकट गरेका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नाटकीय रुपमा सम्वन्ध स्थापना र विस्तार भएको देखिएको छ ।

दोस्रो विश्वयुद्ध पछि पश्चिमी युरोपेली देशहरूले अमेरिकासँग र क्यानडासँग मिलेर सोभियत संघको विरुद्धमा नेटो (उत्तर एटलांटिक सन्धि संगठन) स्थापना गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन्धिको अनुच्छेद ५ का अनुसार नेटोका सदस्यहरूले कुनै पनि साझेदारमाथि आक्रमण भएमा त्यसको रक्षा गर्नुपर्ने उल्लेख छ।

अमेरिका लामो समयदेखि नेटोको मुख्य शक्ति रहेको छ । तर अहिले भने नेटोको भविष्यको बारेमा खुलेआम प्रश्न उठिरहेका छन् ।

अमेरिकाले परिच्छेद ५ र नेटोका महासचिवमा कमजोर बनाइरहेका युरोपेली मुलुकहरुको भनाई रहेको छ ।

जर्मनीका नयाँ चान्सलर बन्ने तयारीमा रहेका फ्रेडरिक मर्जले सुरक्षा क्षेत्रमा अमेरिकाबाट स्वतन्त्रता प्राप्त गर्नु आफनो लक्ष्य रहेको बताएका छन ।

ट्रम्प प्रशासनले नेटोबाट बाहिर नजाने बताइरहेको छ । अमेरिकाले आफु युरोपसँगको सुरक्षा साझेदारीमा प्रतिबद्ध रहेको बताएको छ ।

तर अमेरिकाले निर्भरता बढाउने खालका असमान सम्बन्धलाई नसहने बताएको छ । ट्रम्पले लगातार युरोपेली साझेदारहरूलाई आफ्ना आर्थिक योगदानहरू धेरै बढाउन भनेका छन् ।

रुस र युक्रेनबीचको युद्धलाई महाद्वीपको सबैभन्दा ठूलो सुरक्षा संकटको रुपमा लिइएको छ । नेटोमा अमेरिकाको ७० प्रतिशत योगदान रहेको छ ।

युरोपमा १ लाख भन्दा बढी अमेरिकी सैनिकहरू तैनाथ छन् । अमेरिकाले आणविक हतियारहरूको मुख्य हिस्सा पनि नेटोका सदस्यहरुलाई प्रदान गर्दछ ।

नेटोका मुख्य सहित वरिष्ठ भूमिकाहरुमा अमेरिकीहरु नै रहेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com