संसारभर अंग प्रत्यारोपणको दर बढ्दै, निशानामा गरिबहरु


प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार

संसारभर अंग प्रत्यारोपणको दर बढेको छ । सन २०१० पछि ५० प्रतिशत भन्दा बढी अंग प्रत्यारोपणको दर बढेको विभिन्न अध्ययनहरुले बताएका छन ।

प्रत्येक वर्ष लगभग १ लाख ५० हजार अंग प्रत्यारोपण हुने गरेको विश्व स्वास्थ्य संगठनले बताएको छ । अंगको आपूर्ति विश्वव्यापी आवश्यकता को केवल १० प्रतिशत मात्र पुरा हुने गरेको छ ।

मानव शरीरका अंगहरूको व्यापार लगभग सबै देशमा अवैध छ । यसलाई मापन गर्न गाह्रो छ ।

२००७ मा विश्व स्वास्थ्य संगठनले गरेको अनुमानमा प्रत्यारोपित अंगहरूको ५ देखि १० प्रतिशत कालो बजारबाट आउँछ । तर यो प्रतिशत भन्दा पनि बढी अंग आउने गरेको देखिन्छ ।

गरीबीका कारण अवैध रुपमा मृगौलाको विक्रीका घटनाहरू बढेका छन । हालका वर्षहरूमा एशियाका विभिन्न देशहरूमा यस्ता घटना देखिएका छन् ।

अवैध रुपमा मृगौला विक्रि हुने देशको सूचिमा नेपाल, पाकिस्तान, इन्डोनेशिया, अफगानिस्तान, भारत र बंगलादेश समावेश रहेका छन ।

भारत लामो समयदेखि मेडिकल पर्यटनको केन्द्र भएको छ । हालै मृगौलाको विक्रीको बारेमा भारतमा चिन्ता बढ्दै गएको छ ।

त्यहाँका मिडिया रिपोर्टहरू र हालैको पुलिस अनुसन्धानले यो तथ्यलाई उजागर गरिरहेका छन ।

पछिल्लो जुलाई महिनामा, भारतीय पुलिसले एक अवैध मृगौलाको कारोबारसँग जोडिएका सात जनालाई पक्राउ गरेको जनाएको थियो ।

जसमा एकजना भारतीय चिकित्सक र उनका सहायक पनि समावेश थिए ।

गरिब बंगलादेशीहरूलाई उनीहरूको मृगौला बेच्ने व्यवस्था मिलाएको थियो । प्रत्यारोपणको अनुमति प्राप्त गर्नका लागि फर्जी कागजातहरूको प्रयोग भएको पाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com