फिंगरप्रिन्ट नदिएकाले अब अमेरिकाभित्र अनिवार्य एलियन रजिष्ट्रेशन गर्नुपर्ने, कस्ले गर्नुपर्छ?


प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार

अब एलियन रजिष्ट्रेशन नगर्ने आप्रवासीलाई आपराधिक दण्ड दिइने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोमको घोषणासँगै युएससीआईएसले एलियन रजिष्ट्रेशनबारे छुट्टै पृष्ठ निर्माण गरेको छ । एलियन रजिष्ट्रेशन गर्न असफल हुनु अपराध भएको र यसको परिणाम जरिवाना, कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिदै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले दशकौंदेखि यो कानूनलाई बेवास्ता गरिएको तर अब नगरिने नोमको चेतावनी दिएसँगै युएससीआईएसले यसको प्रकृया सुरु गरेको हो ।

अध्यागमन तथा राष्ट्रियता ऐनले केही अपवाद बाहेक १४ बर्ष वा सोभन्दा माथिको उमेरका हरेक गैर नागरिकले अमेरिकी भिसाका लागि आवेदन दिंदा फिंगरप्रिन्ट नदिएको भएमा वा दर्ता नभएको भएमा तथा त्यस्तो व्यक्ति अमेरिकामा ३० दिन सोभन्दा बढी बसेमा अनिवार्य एलियन रजिष्ट्रेशनको व्यवस्था गरेको युएससीआईएसले जनाएको छ । यदि बच्चा १४ बर्ष नपुग्दै अमेरिका आएको थियो भने १४ बर्ष पुगेको ३० दिनभित्र एलियन रजिष्ट्रेशन गर्नका लागि अभिभावक वा बाबुआमाले सुनिश्चित गर्नुपर्ने युएससीआईएसको भनाई छ । त्यस्तै १४ बर्ष नपुगेका बच्चाहरुको पनि अभिभावकले रजिष्ट्रेशन भए नभएको सुनिश्चित गर्नुपर्नेछ ।

एक पटक एलियन रजिष्ट्रेशन गरिसकेपछि र फिंगरप्रिन्टिङको लागि उपस्थीत भएपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले दर्ताको प्रमाण जारी गर्नेछ, जुन १८ वर्षभन्दा माथिका विदेशीहरूले सधैं आफूसँग राख्नुपर्नेछ । विगतमा दर्ता भएका बालबालिकाहरु समेत १४ बर्ष पुगेपछि अभिभावकले पुनः एलियन रजिष्ट्रेशन गराउनुपर्ने युएससीआईएसको भनाई छ । यो नियम पालना गर्न असफल भएमा आपराधिक र नागरिक दण्डको भागिदार हुने चेतावनी दिइएको छ, जसमा दुर्व्यवहार अभियोजन लगाइने र जरिवानासमेत समावेश छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एलियन रजिष्ट्रेशन अध्यागमन स्थिति नभएको र दर्ता कागजातले अध्यागमन ऐन वा कुनै अन्य अमेरिकी कानून अन्तर्गत वर्क परमिट वा कुनै अन्य अधिकार वा लाभ स्थापना नगर्ने युएससीआईएसले प्रष्ट पारेको छ । युएससीआईएसले विगतमा स्वत दर्ता भएकाहरुको कागजातको विवरण पनि सार्वजनिक गरेको छ ।

ग्रिनकार्डवाहक, अमेरिकामा परोल गरिएकाहरु, विगतमा आई ९४ जारी भएकाहरु, विगतमा अमेरिका आउनु अगाडि आप्रवासी र गैर आप्रवासी भिसा जारी भएकाहरु, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले देशनिकालाको प्रकृयामा राखेकाहरु, वर्क परमिटवाहकहरु, ग्रिनकार्ड आवेदन दिएकाहरु र बोर्डर क्रसिंग कार्डहरु जारी भएकाहरु पहिले नै दर्ता भइसकेका आप्रवासीहरु रहेको र उनीहरुले एलियन रजिष्ट्रेशन गर्नु नपर्ने युएससीआईएसले प्रष्ट पारेको छ ।

खासगरी सीबीपीले फेला नपारिकनै विनाभिसा अमेरिका प्रवेश गरेकाहरु, टीपीएस र डाकाले समेटेका तर माथि उल्लेखित कागजात नभएका वा आवेदन नदिएकाहरुले पनि एलियन रजिष्ट्रेशन गर्नुपर्ने युएससीआईएसले प्रष्ट पारेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले चाँडै नै दर्ता आवश्यकता पूरा गर्न विदेशीहरूको लागि फारम र प्रक्रिया घोषणा गर्ने युएससीआईएसले जनाएको छ । युएससीआईएसको अनलाइन एकाउन्टबाट निकट भविश्यमा दर्ता गर्न सकिने र फेबु्रअरी २५ देखि लागु हुनेगरी दर्ताका लागि अनलाइन एकाउन्ट खोल्न युएससीआईएसले सुझाव दिएको छ ।

दर्ता प्रक्रिया सुरु भएपछि गैर नागरिक व्यक्तिहरूले आफ्नो दर्ता पेश गर्नेछन् । आमाबाबु र अभिभावकहरूले युएससीआईएसको अनलाइन खाता मार्फत आफ्ना १४ वर्ष मुनिका बच्चाहरूको तर्फबाट दर्ता आवेदनहरू पेश गर्नेछन्। आगामी दिनहरूमा थप जानकारी प्रदान गर्न यो वेबपेज अपडेट गर्ने युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com