यी निश्चित अवस्थाकाबाहेक आम ग्रिनकार्डवाहक अमेरिका फर्कदा डराउन नपर्ने


प्रकाशित मिति : फाल्गुन ९, २०८१ शुक्रबार

निश्चित अवस्थाकाबाहेक आम ग्रिनकार्डवाहक अमेरिकाबाहिर यात्रा गर्दा डराउन नपर्ने कानुनविदहरुले सुझाव दिएका छन् । सामान्यतया ग्रिनकार्डवाहक अमेरिकाबाहिर यात्रा गरेर ६ महिनाभित्र अमेरिका फर्कदा कुनै समस्या नहुने र त्यसबारे कुनै नीति परिवर्तन नभएको भएतापनि निश्चित अवस्था छ भने ग्रिनकार्डवाहकहरु अमेरिका फर्कने क्रममा समस्या हुनसक्ने कानुनविदहरुले चेतावनी दिएका छन् ।

केही विमानस्थल र पोर्ट अफ इन्ट्रीहरुमा प्रवेश गर्दा निश्चित अवस्थाका ग्रिनकार्डवाहकहरुलाई हिराशतमा लिइने गरेका घटनाहरु सार्वजनिक भएका छन् । खासगरी देशनिकालाको प्रकृयाका लागि पेन्डिङ नोटिस टु अपियर रहेका ग्रिनकार्डवाहकहरुलाई अमेरिका फर्कने क्रममा अध्यागमन एजेन्सीले नियन्त्रणमा लिनसक्ने भएकाले देशनिकालाको प्रकृयामा रहेका ग्रिनकार्डवाहकहरु सचेत हुनुपर्ने कानुनविदहरुको सुझाव छ । त्यस्तै शर्तसहितको २ बर्षे ग्रिनकार्डको शर्त हटाउन दिएको आवेदन अस्वीकार भएको अवस्थामा एडीआईडी स्टाम्प भएका ग्रिनकार्डवाहकसमेतलाई अमेरिका प्रवेशमा रोक लगाइनसक्छ ।

न्युयोर्कका कानुन व्यवसायी बासु फुलाराले यदि २ बर्षे ग्रिनकार्डको शर्त हटाउनका लागि दिएको आवेदन अस्वीकृत भएको छ भने पासपोर्टमा लगाइएको आई ५५१ स्टाम्पको कुनै अर्थ नहुने र उक्त स्ट्याम्पका आधारमा यात्रा गर्दा अमेरिका प्रवेशमा रोक लाग्नसक्ने बताउनुभएको छ । शर्त हटाउनका लागि दिएको आवेदन अस्वीकृत भएको अवस्थामा अपिलको प्रकृयामा समेत यो स्ट्याम्पका लागि अनुरोध गर्न सकिने भएकाले यस्ता अवस्थाका व्यक्तिले अमेरिकाबाहिर यात्रा गरेर फर्कदा अमेरिकामा प्रवेशमा रोक लाग्नसक्ने उहाँको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशनिकालाको प्रकृयाका लागि नोटिस टु अपियर जारी भइसकेका ग्रिनकार्डवाहकलाई अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय यात्रा नगर्न सुझाव दिइएको हो । खासगरी अपराधमा दोषी ठहरिएका, अध्यागमन नियम उल्लंघन गरेका, शर्त सहितको ग्रिनकार्डको शर्त हटाउन दिएको आवेदन अस्वीकृत भएका, विगतमा झुठो विवरण पेश गरेर ग्रिनकार्ड लिएपछि नागरिकता आवेदनका क्रममा पत्ता लागेर नागरिकता अस्वीकृत भई ग्रिनकार्ड समेत खारेजीको प्रकृयामा परेका लगायतका व्यक्तिलाई देशनिकालाका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अदालतमा नोटिस टु एपियर जारी गर्नेगर्छ ।

विगतमा अपराधको रेकर्ड भएका ग्रिनकार्डवाहकहरु देशनिकालाको प्रकृयामा नभएपनि अमेरिकाबाहिर यात्रा गर्दा फर्कदा अमेरिका प्रवेशमा रोक लाग्नसक्ने र अध्यागमन एजेन्सीले पक्राउ गरेर देशनिकालाको प्रकृयामा लैजानसक्ने फुलाराले बताउनुभयो । त्यस्ता अपराधमा चोरी, जालसाजी, घरेलु हिंशा, लागु औषध, हिंशात्मक अपराध, सबैजोड्दा ५ बर्षभन्दा बढी जेलसजाय हुने धेरै अपराध लगायत पर्ने भएकाले अपराधको पृष्ठभूमि हुनेले कानुनी सल्लाह लिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

त्यस्तै अहिलेको अवस्थामा ग्रिनकार्डवाहक ६ महिनाभन्दा बढी अमेरिकाबाहिर बस्दा उसको अमेरिकामा आवासीय निरन्तरतामा प्रश्न उठ्ने भएकाले अमेरिकाबाहिर ६ महिना नाघेका र एकबर्ष नकटेका ग्रिनकार्डवाहक पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । सकभर ६ महिनाभित्र फर्कन र लामो समय अमेरिकाबाहिर जानुपर्नेले रि इन्ट्री परमिट लिन समेत उहाँले सुझाव दिनुभयो ।

अमेरिकी नागरिकता आवेदन वा ग्रिनकार्ड नविकरण विचाराधिन रहेको अवस्थामा यात्रा गर्दा आवेदनमा जटिलता आउनसक्ने भएकाले कानुनी सल्लाह लिन फुलाराले सुझाव दिनुभयो । त्यस्तै ट्याक्स फाइल नगरेका, जालसाजीपूर्वक सरकारी सुविधा लिएका, विगतमा अध्यागमन कानूनको उल्लंघन गरेकाहरु पनि यात्रा गर्दा सचेत हुनुपर्ने साथै अमेरिकाले यात्रामा कडाई गरेमा देशमा यात्रा गर्दा ग्रिनकार्डवाहकहरुले यात्रा प्रतिबन्धहरुको सामना गर्नसक्ने भएकाले सम्भावित परिवर्तनहरुबारे चनाखो रहन पनि उहाँले सुझाव दिनुभएको छ ।

ग्रिनकार्डवाहकलाई यात्रा गर्दा ग्रिनकार्डको म्याद चेक गर्न, लामो समय अमेरिकाबाहिर नबस्न, अमेरिकामा ट्याक्स फाइल गर्ने, स्थायी ठेगाना कायम गर्ने, रोजगारको निरन्तरता कायम गर्ने, लिज वा मोर्गेज कायम गर्ने लगायत अमेरिकासँगको बलियो सम्बन्ध राख्न र सीबीपी अधिकारीले विमानस्थलमा सोधपुछ गरेमा इमान्दार रहन कानुन व्यवसायी फुलाराको सुझाव छ । आगामी दिनमा ट्रम्प प्रशासनबाट नयाँ नियमहरु पनि आउनसक्ने भएकाले सम्भावित नियमबारे जानकार रहन समेत उहाँले सुझाव दिनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com