सोंचे अनुशार आप्रवासीको पक्राउ र देशनिकाला गर्न नसकेको भन्दै हटाइयो आइसका प्रमुख


प्रकाशित मिति : फाल्गुन ९, २०८१ शुक्रबार

ट्रम्प प्रशासनले अध्यागमन एजेन्सी आइसका कार्यवाहक निर्देशक कालेब विटेलोलाई सोंचे अनुशार आप्रवासीको पक्राउ र देशनिकाला गर्न नसकेको भन्दै पदबाट हटाएको छ।

विटेलोलाई हटाउने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प र सीमा मामिलाका ह्वाइटहाउस प्रमुख टम होमानको असन्तुष्टिपछि आएको हो। उनीहरूले देशनिकाला भएका व्यक्तिहरूको संख्या अपेक्षाभन्दा कम भएकोमा आक्रोश व्यक्त गरेका थिए।

होमानले आइस भित्रबाट सञ्चारमाध्यममा जानकारीहरु चुहिएको भन्दै असन्तुष्टी जनाएका थिए। जानकारीहरु चुहिएका कारण आइसको केही अपरेशनमा अपेक्षाभन्दा कम गिरफ्तारी भएको आरोप उनले लगाएका थिए। विटेलो अझै पनि आइसमा रहने तथा उनले गिरफ्तारी तथा फिल्ड अपरेशनहरूको कार्यान्वयनमा निगरानी राख्नेछन्। विटेलोको स्थानमा नयाँ कार्यवाहक निर्देशक को हुने भन्नेबारे चाँडै घोषणा गरिने जनाइएको छ ।

विटेलोले २३ वर्ष आइसमा बिताएका छन् । बाइडेन प्रशासनको प्रारम्भिक अवधिमा आइसको प्रमुख स्टाफ रहेका जेसन हाउजरले विटेलोलाई समझदार र राम्रो नेतृत्वकर्ता बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विटेलोलाई कार्यवाहक निर्देशक घोषणा गर्दा एजेन्सी भित्रका धेरै अधिकारीहरूले राहत महसुस गरेका थिए। आइसको पूर्व कार्यकारी सहायक निर्देशक कोरी प्राइसले विटेलोबारे कुनै विवादास्पद कुरा नभएको बताएका थिए । र विटेलो कार्यवाहक निर्देशकको रूपमा आफ्नो कार्यकालको समयमा निक्कै लोकप्रिय रहेका थिए।

जनवरी २० मा ट्रम्प राष्ट्रपति भएपछि अध्यागमन अधिकारीहरूले औषत दैनिक ८२६ जनालाई पक्राउ गर्दै आएका छन्। त्यस दरमा ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमो पहिलो ३० दिनमा लगभग २५ हजारलाई गिरफ्तार गर्ने अपेक्षा गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com