अमेरिकाको भिजिटर लगायतको भिसा सकिएको ४८ महिनासम्म नविकरण गर्नसकिने प्रावधान खारेज


प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार

अमेरिकाको भिजिटर लगायत कुनै पनि गैर आप्रवासी श्रेणीको भिसा सकिएको ४८ महिनाभित्र विना अन्तरवार्ता सोही श्रेणीको भिसा नविकरण गर्ने सुविधा ट्रम्प प्रशासनले खारेज गरेको छ । बाइडेन प्रशासनले यो सुविधा अनिश्चिकालका लागि लागु गरेकोमा अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबारदेखि यो सुविधा खारेज गरेको छ ।

यो सुविधा अन्तरगत विगतमा अमेरिकाको भिजिटर लगायतका भिसा भएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले दूतावासमा अन्तरवार्ता नै दिन नगई ड्रपबक्स सुविधाबाट नयाँ भिसा प्राप्त गर्ने प्रावधान थियो । साथै विगतमा कुनै पनि प्रकारको गैरआप्रवासी भिसा भएका आवेदकहरूले भिसा सकिएको ४८ महिनाभित्र अर्को कुनै पनि गैरआप्रवासी भिसाको लागि आवेदन दिंदा समेत यो सुविधा रहेको थियो ।

अब यो सुविधा खारेज गरेर भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र सोही श्रेणीको गैर आप्रवासी भिसा दूतावासमा अन्तरवार्ता दिन नगई ड्रपबक्स सुविधाबाट प्रदान गर्न सकिनेछ व्यवस्था गरिएको छ । अर्थात् ४८ महिनाको सुविधा खारेज गरेर १२ महिनामा झारिएको छ । कोरोना महामारी अगाडि भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र विना अन्तरवार्ता सोही श्रेणीको नयाँ भिसा प्रदान गर्न सकिने प्रावधान रहेकोमा कोरोना महामारीका कारण त्यसलाई बढाउँदै लगिएको थियो ।

पहिलोपटक एच टु श्रेणीका भिसा आवेदकलाई पनि अन्तरवार्ता छुट दिन सकिने सुविधा दिइएकोमा यो सुविधा पनि ट्रम्प प्रशासनले खारेज गरेको छ । तर कुटनीतिज्ञहरु, अमेरिकामा स्टेशन भएका विदेशी सेनाका कर्मचारीहरु, अमेरिका ट्रान्जिट बनाएर यात्रा गर्ने विदेशी सरकारका अधिकारीहरु, नाटो वा अन्तर्राष्ट्रिय संगठनका कर्मचारीहरु, कूटनीतिक वा आधिकारिक भिसाका आवेदकहरूलाई भने अमेरिकी दूतावासले विना अन्तरवार्ता भिसा प्रदान गर्नसक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विना अन्तरवार्ता भिसा प्राप्त गर्न आवेदकले सुरुमा अनलाइन प्रोफाइल बनाउनुपर्छ । त्यसपछि आवेदन प्रकृयामा लैजानुपर्छ । अन्तरवार्ता छुट कन्फर्मेशन पत्र प्रिन्ट गरेर पासपोर्टसहित सबै कागजातहरु डेलिभरी सेन्टरमा बुझाएपछि भिसा प्राप्त गर्न सकिन्छ । दूतावासमा कुनै अप्वाइन्टमेन्ट लिन आवश्यक पर्दैन ।

कागजात बुझाउँदा अनलाइनबाट प्रिन्ट गरेको अन्तरवार्ता छुटको पत्र, कम्तीमा ६ महिना अवधि भएको पासपोर्ट, पछिल्लो अमेरिकाको भिसा भएको पासपोर्ट, डीएस १६० भरेको कन्फर्मेशन पेज, शुल्क तिरेको रिसिप्ट, ६ महिनाभित्र खिचेको फोटो लगायतका कागजातहरु पेश गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com