अन्तरिक्षसँग सम्बन्धित सरकारी निर्णयहरूमा एलन मस्कको सहभागिता हुँदैन : राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कलाई अन्तरिक्ष सम्बन्धी कुनै पनि सरकारी निर्णयहरूमा सहभागी हुन नदिने बताएका छन् ।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मस्कका सम्भावित स्वार्थको द्वन्द्वबारे उठेका प्रश्नहरूको जवाफ दिँदै भने, “अन्तरिक्षसँग सम्बन्धित कुनै पनि विषयमा हामी एलन मस्कलाई सहभागी गराउने छैनौँ ।”

यसअघि ह्वाइट हाउसले मस्कले आफ्ना विभिन्न व्यावसायिक चासोहरू र सङ्घीय सरकारको खर्च कटौती गर्ने उनको प्रयासबिच कुनै द्वन्द्व उत्पन्न भएमा आफूलाई अलग गर्ने प्रतिबद्धता जनाएको बताएको थियो ।

ह्वाइट हाउसका अनुसार मस्क हाल राष्ट्रपतिको वरिष्ठ सल्लाहकारको रूपमा कार्यरत छन्, तर उनी सरकारको सरकारी दक्षता विभाग (डिओजीई) को कर्मचारी भने होइनन्। ह्वाइट हाउसले मस्कसँग सरकारी निर्णयहरूमा कुनै प्रत्यक्ष अधिकार नरहेको स्पष्ट पारेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवातसँगै सङ्घीय सरकारको खर्च कटौतीका लागि व्यापक सुधार सुरु गरेका छन्। उनले मस्कलाई सरकारी दक्षता विभागको प्रमुखको रूपमा नियुक्त गर्दै अनावश्यक खर्च नियन्त्रण गर्न जिम्मेवारी दिएका छन्। यो सुधार अभियानअन्तर्गत हजारौँ सङ्घीय कर्मचारीहरूको रोजगारी कटौती भइसकेको छ।

राष्ट्रपति ट्रम्पले मस्कको राष्ट्रभक्ति प्रति विश्वास व्यक्त गर्दै भने, “एलन मेरो लागि एक देशभक्त हुन्। तपाईँ उनलाई कर्मचारी भन्न सक्नुहुन्छ, सल्लाहकार भन्न सक्नुहुन्छ, जुनसुकै भन्न सक्नुहुन्छ, तर उनी देशभक्त हुन्।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com