साउदी अरेबियामा यूक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका-रुस वार्ता सुरु


प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार

Russia Ukraine War

साउदी अरेबियामा अमेरिका र रुसबीच वार्ता सुरु भएको छ । वार्ताकोे मुख्य उद्देश्य यूक्रेन युद्ध अन्त्य गर्ने सम्भावनाहरू खोतल्नु हो।

तीन वर्षअघि रुसले यूक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका र रुसका उच्च अधिकारीहरू वार्तामा बसेका हुुन् । यस वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ सहभागी छन्।

तर, बैठकमा युक्रेनका प्रतिनिधिलाई सहभागी गराइएको छैन् । अमेरिकी पक्षले यो वार्तालाई युद्ध अन्त्य गर्ने सम्भावनाबारे छलफल गर्न गरिएको पहिलो प्रयास भनेको छ, भने रुसी पक्षले अमेरिका–रुस सम्बन्ध सामान्य बनाउन आशा व्यक्त गरेको छ।

तर, यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यूक्रेनलाई सामेल नगरी कुनै पनि सम्झौता स्वीकार्य नहुने बताउँदै आएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com