बोलिभियामा बस दुर्घटना,कम्तिमा ३० जनाको मृत्यु
प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार
बोलिभियामा भएको बस दुर्घटनामा कम्तिमा ३० जनाको मृत्यु भएको छ । त्यहाँको पहाडी सडकमा बस दुर्घटना भएको र कम्तिमा ३० जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालकले बसको नियन्त्रण गुमाएका कारण सडकबाट लगभग ८०० मिटर तल खसेको अनुमान गरिएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । जसमा चार जना बालबालिका पनि छन् ।
बोलिभियामा विशेष गरी पहाडी क्षेत्रहरूमा सडकहरू अत्यन्तै खतरनाक छन् । यो दुर्घटना पोटोसी र ओरुरो शहरहरूको बीचमा भएको प्रहरीले जनाएको छ।
अत्याधिक गतिका कारण बस दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन । बोलिभियामा रेकर्ड गरिएको मध्ये यस बर्षको सबैभन्दा ठूलो दुर्घटना यसलाई मानिएको छ ।
बोलिभियामा घातक सडक दुर्घटनाहरू बर्षेनी हुने गरेका छन । गत महिना पोटोसी नजिकै भएको अर्को बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।
सरकारी तथ्यांक अनुसार बोलिभियामा प्रति वर्ष औसत १ हजार ४०० जना सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । बोलिभियाको जनसंख्या करिब १ करोड २० लाख रहेको छ ।






