अर्जेन्टिनाका राष्ट्रपतिलाई महाभियोग लगाउने तयारी, क्रिप्टोकरेन्सीमा धोखाधडीको आरोप
प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

अर्जेन्टिनाका राष्ट्रपति जेवियर मिलेईले महाभियोगको सामना गर्नुपर्ने भएको छ । क्रिप्टोकरेन्सीको प्रवर्धन गर्दा धोखाधडी गरेको आरोपमा उनलाई महाभियोग लगाइन लागिएको हो ।
मिलेईले शुक्रबार X मा $LIBRA नामक क्रिप्टोकरेन्सीको बारेमा पोस्ट गर्दै यसलाई साना व्यवसाय र स्टार्ट अपलाई फण्ड पुर्याउन मद्दत गर्ने बताएका थिए ।
उनले यसलाई किन्ने लिङ्क पनि शेयर गरे । जसले गर्दा यसको मूल्य आकाशियो । तर केही घण्टामा उनले आफ्नो पोस्ट मेटाएपछि क्रिप्टोकरेन्सीको मूल्य घट्यो । अनी लगानीकर्ताहरूले आफ्नो अधिकांश पैसा गुमाउनु पर्यो ।
कांग्रेसका केहि विपक्षी सदस्यहरूले मिलेईको महाभियोग प्रक्रिया सुरु गर्ने योजना बनाएका छन् । वकिलहरूले अर्जेन्टिनाको आपराधिक अदालतमा धोखाधडीको उजुरी दर्ता गरेका छन् ।
मिलेईले (Cryptocurrency) को प्रचार गर्ने र पछि ट्रेडिंग बन्द गरेर पैसा चोर्ने गरेको आरोप लगाएका छन । तर अर्जेन्टिनाका राष्ट्रपति कार्यालयले पोस्ट हटाउने निर्णय अनुमान गर्नबाट बच्नका लागि गरिएको बताएको छ ।
मिलेई क्रिप्टोकरेन्सीको विकासमा संलग्न थिएनन् । सरकारी एंटी करप्सन कार्यालयले यसबारे अनुसन्धान गर्नेछ । मिलेईका राजनीतिक विरोधीहरूले अवसरको फाइदा उठाएका देखिएको छ ।
पूर्व राष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरले क्रिप्टो स्क्यामर भन्दै कडा आलोचना गरका छन ।