बेलायतका प्रधानमन्त्री स्टार्मरले भने : युक्रेनलाई रुसबाट जोगाउन अमेरिकाको सहयोग अनिवार्य छ


प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

बेलायतका प्रधानमन्त्री सर कीर स्टार्मरले युक्रेनमा शान्ती सुनिश्चित गर्नका लागि अमेरिकी सहयोग अनिवार्य रहेको बताएका छन् ।

उनले युक्रेनको शान्ति सम्झौतामा रुसलाई फेरी युक्रेनमाथि आक्रमण गर्नबाट रोक्नका लागि अमेरिकी सहयोग , समर्थन र सहभागिता अनिवार्य भएको बताएका हुन ।

पेरिसमा युरोपेली नेताहरूको आकस्मिक बैठक पछि कुरा गर्दै बेलायती प्रधानमन्त्रीले शान्ति सम्झौता लामो समयसम्म कायम रहन्छ भने युक्रेनमा बेलायती सैनिकहरू पठाउने कुरा विचार गर्न सक्ने बताए ।

रुसलाई प्रभावकारी रूपमा रोक्नका लागि अमेरिकी सुरक्षा ग्यारेन्टी मात्र प्रभावकारी उपाय हो भन्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा शान्ति सम्झौताका मुख्य तत्वहरूका बारेमा छलफल गर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसले ल्याएको सुरक्षा चुनौतीको सामना गर्न यूरोपले आफैंलाई रक्षा गर्नका लागि थप प्रयास गर्नुपर्ने उनले बताएका छन्।

युक्रेन युद्धका विषयमा छलफल गर्न अमेरिका र रुसका अधिकारीकाबीचमा साउदी अरबमा मंगलबारदेखि वार्ता सुरु हुने तय भएको छ । तर उक्त वार्तामा युक्रेन र युरोपेली देशलाई खबर नगरिएको बताइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबारे जानकारी नपाएको बताएका छन । उनले कुनै पनि सम्झौता युक्रेनलाई समावेश नगरी गरिए मान्य नहुने स्पष्ट पारेका छन ।

अमेरिकी अधिकारीहरूले युरोपेली देशहरूलाई शान्ति वार्तामा परामर्श गरिने बताएका छन । तर उनीहरूलाई सिधै वार्तामा संलग्न नगराइने बताएका छन ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले युरोपले आफ्नो सुरक्षा सुनिश्चित गर्नका लागि प्रमुख जिम्मेवारी लिनुपर्नेछ भनेर धारणा सार्वजनिक गरेपछि पेरिस सम्मेलन आयोजना गरिएको हो ।

प्रधानमन्त्री कीरले अमेरिका नाटोबाट बाहिर जान चाहँदैन भनेका छन । तर हामी हाम्रो सुरक्षा र महादेशको जिम्मेवारी लिनुपर्ने बेला आएको उनले भनेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com