दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारको अनुसार डीपसीकले देशको व्यक्तिगत डेटा संरक्षण कानुनको पालना सुनिश्चित गर्न आवश्यक सुधार र उपायहरू लागू गरेपछि मात्रै प्रतिबन्ध हटाइनेछ ।
डीपसीक दक्षिण कोरियामा निकै लोकप्रिय बनेको थियो । दक्षिण कोरियाका लाखौं मानिसहरूले यसलाई एप स्टोरबाट डाउनलोड गरिसकेका छन्। तर, यस एपको लोकप्रियता बढेसँगै गोपनीयता र राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरू उब्जिएका छन्, जसका कारण विभिन्न देशहरूमा यसको अनुसन्धान भइरहेको छ।
धेरै देशहरूले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यस एपमा प्रतिबन्ध लगाएका छन्। दक्षिण कोरियाले पनि डेटा सुरक्षा सम्बन्धी चिन्ताका कारण यो कदम चालेको हो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।