युक्रेनको सुरक्षाका लागि सेना पठाउन बेलायत तयार रहेको प्रधानमन्त्री स्टार्मरको संकेत


प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार

a flag flying in the wind on a clear day

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले युक्रेनको सुरक्षाका लागि सेना पठाउन तयार रहेको बताएका छन । उनले आवश्यक भएमा युक्रेनको सुरक्षा सुनिश्चित गर्नका लागि बेलायत सैनिकहरू युक्रेनमा पठाउन तयार रहेको बताएका हुन ।

उनले भविष्यमा रुसी राष्ट्रपति पुटिनलाई थप आक्रमणबाट रोक्न चाहने हो भने युक्रेनमा स्थायी शान्ति सुनिश्चित गर्नु महत्वपूर्ण हुने स्पष्ट पारे ।

सोमबार पेरिसमा आयोजना गरिएको युरोपेली नेताहरूसँग आपतकालीन शिखर सम्मेलनमा सहभागी हुनुअघि प्रधानमन्त्री कीरले युक्रेनको सुरक्षा ग्यारेन्टीको लागि बेलायत आफ्ना सैनिकहरू युक्रेनमा पठाउन तयार रहेको प्रष्ट पारेका हुन ।

बेलायतका सैनिकलाई जोखिममा राख्नु कम जिम्मेवारी नहुने भन्दै उनले समग्र युरोपको सुरक्षासँग जोडिएकाले आफु तयार भएको बताएका हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्ने कुनै पनि भूमिका भनेको समग्र महादेशको सुरक्षा र यहाँ रहेका देशको सुरक्षा सुनिश्चित गर्नु हो भनेर भुल्न नहुने बेलायती प्रधानमन्त्रीको भनाई छ ।

बेलायतका सैनिकहरू युक्रेनको कब्जामा रहेका क्षेत्र र रूसले कब्जा गरेको क्षेत्रको सीमा नजिकका स्थानहरूमा अन्य युरोपेली राष्ट्रका सैनिकहरूसँग मिलेर तैनात हुन सक्ने उनले बताए ।

प्रधानमन्त्री कीर यसै महिना अन्त्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटगर्न अमेरिका जाँदैछन ।

त्यहाँ रहदा उनले अमेरिकी सुरक्षा ग्यारेन्टी स्थायी शान्तिका लागि आवश्यक रहेको बताउने छन । किनकि अमेरिकाले मात्रै पुटिनलाई फेरि आक्रमण गर्नबाट रोक्न सक्छ भन्नेमा स्पष्ट रहेको उनको भनाई छ ।

अमेरिकाले युक्रेन युद्धसँग जोडिएका बिषयमा रूससँग शान्ति वार्ताका लागि तयारी गरिरहेको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले साउदी अरबमा रूसका अधिकारीहरूसँग भेट गर्ने योजना बनाएका छन् ।

बेलायतले अहिले आफ्नो जीडीपीको २.३ प्रतिशत रक्षामा खर्च गर्दैछ । उसले यो अर्थतन्त्रको २.५ प्रतिशत रक्षा खर्च बढाउने प्रतिबद्धता जनाइसकेको छ । तर यसका लागि कुनै समय सीमा दिइएको छैन ।

ट्रम्पले नाटो सदस्यहरूलाई आफ्नो जीडीपीको ५ प्रतिशत खर्च रक्षामा गर्न आह्वान गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com