अमेरिका र रुसबीच साउदी अरबमा हुने वार्तामा युक्रेनलाई बोलाइएन


प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार

युक्रेनले अमेरिका र रुसबीचमा हुने भनिएको शान्ति बार्तामा नबोलाइएको बताएको छ ।

युक्रेनी सरकारका एकजना वरिष्ठ अधिकारीले साउदी अरबमा हुने भनिएको अमेरिकी विशेष दुत कीथ केलोगको सम्लग्नतामा हुने शान्ती वार्तामा निमन्त्रणा नपाएको बताएका हुन ।

केलोगले पनि शान्ती वार्तामा युक्रेनी प्रतिनिधिमण्डललाई निमन्त्रणा नगरिएको बताए । उनले साउदी अरबमा रुस र अमेरिकाका अधिकारीबीचमा वार्ता हुने उल्लेख गरे ।

युरोपेली कुनै पनि नेताहरुलाई पनि वार्तामा बोलाइएको छैन । यदि सन्र्दभलाई लिएर फ्रान्सका राष्ट्रपतिले सोमबार आकस्मिक शिखर सम्मेलनको आव्हान गरेका छन ।

उक्त सम्मेलनमा रुस युक्रेन युद्धको बिषयलाई लिएर अमेरिका र रुसबीच हुनलागेको वार्तामा युक्रेन र युरोपेली देशको सम्लग्नता र भूमिकाको विषयमा निर्णय हुने संभावना रहेको छ ।

अमेरिकी र रुसी अधिकारीकाबीचमा शनिबार साउदी अरेबीयामा भेटवार्ता हुने संभावना रहेको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पनि साउदी अरबमा रूसका वार्ताकारसँग भेट गर्नेछन् ।

ट्रम्प र रूसका नेता भ्लादिमिर पुटिन बीचको फोन कुराकानीको एक हप्ता भन्दा कम समयमा वार्ता र भेटघाट हुने तय भएको हो ।

युक्रेनी राष्ट्रपति जेलेंस्कीले युक्रेनको सहमति र सम्लग्नता बिना हुने कुनै पनि शान्ति सम्झौतालाई अस्वीकार गर्ने चेतावनी दिएका छन ।

युक्रेनको बारेमा अमेरिका र रूसले गरेका कुनै पनि निर्णय स्वीकार गर्ने बाध्यता युक्रेनलाई नरहेको उनले स्पष्ट पारेका हुन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com