अध्यागमन अदालतमा ३० दिनको फाइलिङ म्याद पुनः लागू, एसाइलमका प्रमाण पेश गर्न समय घट्यो


प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको कार्यालयले हिराशतमा नरहेका व्यक्तिका आप्रवासन मामिलाको फाइलिङ म्याद ३० दिनबाट १५ दिनमा घटाउने अघिल्लो प्रशासनको नीति खारेज गरेको छ । उक्त नीति अन्तरगत सुनुवाईभन्दा १५ दिन अगाडिसम्म फाइलिङ गर्न पाइने प्रावधान रहेकोमा अब ३० दिन अगाडिसम्ममात्र फाइलिङ गर्न पाइनेछ ।

धेरै अध्यागमन न्यायाधिसहरुले ३० दिनको म्यादलाई नै प्राथमिकता दिएको र यसले उनीहरूलाई व्यक्तिगत सुनुवाइको तयारी गर्न थप समय दिएको मेमोमा उल्लेख छ । आवेदकलाई मास्टर क्यालेन्डर सुनुवाइपछि व्यक्तिगत मेरिट सुनुवाइ आउन प्रायः एक वर्षभन्दा बढी र कहिलेकाहीं दुई वा तीन वर्षभन्दा बढी समय लाग्ने गरेकाले तयारीको लागि पहिले नै प्रयाप्त समय मिल्ने गरेको मेमोमा उल्लेख छ ।

अध्यागमन न्यायाधिसहरुलाई आफ्नो म्यादहरू सेट गर्ने अधिकार हुने र १५ दिनको नियम अनावश्यक रहेको मेमोको ठहर छ । यस निर्णयसँगै पहिलेको ३० दिनको म्यादलाई पुनः लागू गरिएको छ । तर कानूनविदहरुले भने यो परिवर्तनले आप्रवासीहरूको लागि देशनिकालाको प्रक्रियामा महत्त्वपूर्ण प्रभाव पार्नसक्ने चेतावनी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कका अध्यागमन वकिल रमेश श्रेष्ठले कागजातहरू समयमै उपलब्ध नभएको अवस्थामा अदालतमा प्रमाण प्रस्तुत गर्ने आवेदकको क्षमतालाई ठूलो प्रभाव पार्ने बताएका छन्। अब सुनुवाइभन्दा ३० दिनभन्दा कम समयअघि पेश गरिएका कुनै पनि प्रमाणलाई प्रक्रियाको प्रमाणिक रेकर्डबाट बाहिर राखिने भएकाले ढिलो फाइलिङका कारण प्रमाण र कागजातहरू स्वीकार नगर्ने नियम देशनिकालाको मामिलामा घातक हुने उनले बताएका छन् ।

श्रेष्ठले ३० दिनको म्याद पुनः लागू गर्दा न्यायाधिसहरुले अझ अघि म्याद सेट गर्ने सम्भावना बढ्ने र त्यसले आवेदकहरूलाई महत्वपूर्ण प्रमाण पेश गर्न कठिनाइ हुनसक्ने बताएका छन् ।

प्रमाण पेश गर्नको लागि ३० दिनको म्याद सेट गरेपछि अध्यागमन न्यायाधिसहरुले प्रायः ३० दिनभन्दा पहिले कागजात पेश गर्नको लागि म्याद सेट गर्ने भएकाले यदि आवेदकहरूले म्यादको अघि कागजात संकलन गर्न र पेश गर्न नसके महत्त्वपूर्ण प्रमाणिक कागजातहरू ढिलो फाइलिङका कारण अस्वीकार गरिने सम्भावना रहेको र त्यसले फैसला आवेदकको पक्षमा नहुने खतरा धेरै हुने श्रेष्ठले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com