‘७० स्थानमा मध्यरातदेखि मतगणना जारी’


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

प्रदेश नम्बर २ मा सोमवार स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतदान सकिए लगत्तै ७० स्थानमा मध्यरातबाटै मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ।

बाँकी स्थानमा मतगणना शुरु गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

मतरिणाम आउन ढिलाइ हुन सक्ने चिन्ताबीच चुनावको मतपरिणाम पाँच दिनभित्र आइसक्ने गरी मतगणनाको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

पहिलो र दोस्रो चरणको निर्वाचनको मतगणनामा निकै ढिलाइ गरिएको भन्दै आलोचना खेपेको आयोगले अहिले छरितो मतगणनाका लागि केन्द्रबाट समेत विशेषज्ञ टोली खटाएको प्रमुख निर्वाचन आयुक्तले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिस्थिति

तेस्रो चरणको मतपरिणाम पाँच दिनभित्र आइसक्ने गरी व्यवस्था गरिएको आयोगले जनाएको छ।

प्रदेश नम्बर २ का ३५ सयभन्दा बढी मतदान केन्द्रबाट सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र अधिकृतको कार्यालयमा पुर्‍याइनासाथ मतगणना प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ।

मत

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, “निर्वाचन अधिकृतलाई मतगणनासम्बन्धी सम्पूर्ण कानूनी अधिकार छ। उहाँहरुले राजनीतिक दल तथा उम्मेदवारसँग छलफल गरेर र अरु भौतिक परिस्थिति निर्माण गरेर मतगणना थाल्नेछन्।”

पहिलो र दोस्रो चरणको निर्वाचनको मतपत्र गन्न ढिलाई हुँदा निर्वाचन आयोगको व्यापक आलोचना भएको थियो।

कार्यान्वयन

तर यसपालि पाँच दिनभित्रमा सम्पूर्ण मतको परिणाम आउने गरी मत गन्ने व्यवस्था गरिएको र केही धेरै मतदाताहरु भएको स्थानमा मात्र ढिलाई हुने आयुक्त यादवले बताए।

उनले भने, “हाम्रो अनुमान छ धेरै ठाँउको मतदान पाँच दिनभित्र सकिने छ। महानगरपालिकामा एक/दुई दिन ढिला हुनसक्छ। तर हामीले केन्द्रबाट पनि मतगणना कार्यमा दक्ष जनशक्ति खटाएका छौँ।”

तराईका आठ जिल्लामा भएको निर्वाचनमा साढे २६ लाख मतदातामध्ये करिब ७३ प्रतिशत अर्थात् झण्डै २० लाख मत खसेको बताइएको छ।

त्यसमध्ये राजविराज नगरपालिका वडा नम्बर १५ का वडाध्यक्षका उम्मेदवारको निधन भएकोले त्यहाँको दुईवटा मतदानस्थलमा मतदान हुन बाँकी छ।

पछिल्लो दुईवटा निर्वाचनमा भाग नलिएका तराई केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल समेत सामेल प्रदेश नम्बर २ को निर्वाचनपछि संविधान कार्यान्वयन पनि अघि बढेको रुपमा हेरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com