‘सार्वभौमिकता सुरक्षित’ भएमा मात्र युक्रेनमा शान्ति सम्भव : जर्मन चान्सलर


प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार

Germany Munich Security Conference

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र युक्रेन र रूसबीचको युद्ध वास्तवमै शान्तिका साथ अन्त्य हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ता युक्रेनका लागि वासिङ्टनको सहयोगको अवस्थालाई निरन्तरता दिइराख्न असम्भव हुने भन्दै चाँडै नै युद्धविराम वार्ता सुरु गर्न रुसी नेता भ्लादिमिर पुटिनलाई भेट्ने घोषणा गरेका थिए ।

“युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र शान्ति कायम हुनेछ”, स्कोल्जले म्युनिख सुरक्षा सम्मेलनमा भने, त्यसैले निर्धारित शान्तिले कहिल्यै पनि हाम्रो समर्थन पाउन सक्दैन।”

उनले अगाडि भने, “हामी रूसी राष्ट्रपति पुटिन मात्र लाभान्वित हुने र युरोपेली र अमेरिकी सुरक्षालाई विघटित गर्ने कुनै पनि समाधानलाई स्वीकार गर्ने छैनौँं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हामी युरोपेलीहरूले आगामी वार्तामा यी चासोहरूलाई आत्मविश्वासका साथ र एकताबद्ध रूपमा प्रतिनिधित्व गर्नेछौं,” स्कोल्जले भने ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीमा युरोपेली नेता र नीति निर्माताहरूको भेलालाई सम्बोधन गर्नुभन्दा केही समयअघि स्कोल्जले उक्त कुरा बताएका थिए ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग मस्कोसँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्न भेटेपछि जेलेन्स्कीले शुक्रबार आफूले युक्रेनी ‘सुरक्षा सुनिश्चतता’ चाहेको बताएका थिए ।

स्कोल्जले भने, “यदि शान्ति कायम भयो भने रुसले फेरि आक्रमण नगरोस् भनेर किएभका समर्थकहरूले भविष्यमा युक्रेनको सशस्त्र बल निर्माण गर्न आवश्यक छ। युद्धपछिको समयमा युरोप, संयुक्त राज्य अमेरिका र युक्रेनका अन्तर्राष्ट्रिय साझेदार र मित्रहरूका लागि यो सम्भव तुल्याउने जिम्मेवारी हुनेछ र सबै प्रकारका सुरक्षाका प्रत्याभूतिहरू यसै आधारमा बनाइनुपर्छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com