अमेरिकी उपराष्ट्रपति भान्सले युरोपको लोकतन्त्रमाथि नै प्रश्न उठाए


प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

अमेरिकी उपराष्ट्रपति जे डी भान्सले युरोपमा अभ्यास भइरहेको लोकतन्त्रको आलोचना गरेका छन । उनले युरोपको सुरक्षामा खतरा रुस र चीन नभएको भन्दै आन्तरिक खतराको व्यबस्थापन चुनौतिपुर्ण रहेको बताए ।

भान्सले म्युनिक सुरक्षा सम्मेलनमा आफ्नो प्रमुख समय युरोपेली सरकारहरूको आलोचना गर्दै बिताएका छन् ।

मूल्य र मतदाताका चासोहरूलाई उपेक्षा गर्दै आप्रवासन र स्वतन्त्र भाषणका मुद्दा अँगालेको भन्दै भान्सले युरोपेली मुलुकहरुको आलोचना गरेका हुन ।

भान्सको धारणालाई केहि नेताहरुले विरोध गरेका थिए । तर जर्मन रक्षा मन्त्री बोरिस पिस्टोरियसले भने भान्सको धारणा स्वीकारयोग्य भनेका छन ।

भान्सले युरोपले आफ्नो रक्षा क्षमता सुदृढ पार्न ठूलो कदम चाल्नु पर्ने बताएका छन । युक्रेन युद्ध छिटै सम्झौतामा पुग्ने आशा उनले व्यक्त गरेका छन ।

उनले युरोपेली संघका नेताहरुलाई स्वतन्त्र भाषण दबाउने, महादेशमा जनसङ्ख्या विस्थापनको दोषि ठहराउने र आधारभूत मूल्यहरूबाट पछाडि हटेको आरोप लगाए ।

युरोपेली संघका विदेश नीतिका प्रमुख काजा कालासले भान्सले युरोपसँग झगडा सुरु गर्ने प्रयास गरेको बताए । उनले युरोपेली संघ अमेरिकाको निकट सहयोगी राष्ट्रहरू रहेको स्मरण गराए ।

पूर्व अमेरिकी दूत माइकल म्याकफलले भान्सका टिप्पणीहरू अपमानजनक र तथ्यपरक दृष्टिले गलत रहेको बताएका छन् ।

लोकतन्त्रको आधारभूत सिद्धान्त भनेको जनताको आवाजको महत्त्व हो भन्ने नबिर्सन उनले आग्रह गरेका छन । उनले युरोपको लोकतन्त्रमाथी नै प्रश्न उठाएको भन्दै कतिपयले बिरोध जनाएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com