नेपालीसहितका ११९ जनालाई अमेरिकाबाट पनामा डिपोर्ट


प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

अमेरिकाले नेपाली लगायतका ११९ जना व्यक्तिहरूलाई पनामा डिपोर्ट गरेको छ । ट्रम्प प्रशासन र मध्य अमेरिकी राष्ट्र पनामा बीचको सम्झौता अनुशार उनीहरुलाई पनामा डिपोर्ट गरिएको हो ।

अमेरिकाबाट पनामाका लागि गरिएको आप्रवासीको पहिलो उडानमा अफगानिस्तान, चीन, भारत, इरान, नेपाल, पाकिस्तान, श्रीलंका, टर्की, उजबेकिस्तान र भियतनामका मानिसहरू रहेको र अरू दुई उडान पनि चाँडै अवतरण गर्ने पनामाका राष्ट्रपति जोस राउल मुलिनोले बताएका छन् ।

कुल मिलाएर अमेरिकाले तीन उडानमा ३६० जना आप्रवासीहरूलाई पनामा पठाउनेछ। त्यसमा कतिजना नेपालीहरु छन् भन्ने प्रष्ट छैन । देशनिकाला गरिएका व्यक्तिहरूलाई डेरियन नजिकैको आश्रय स्थलमा स्थानान्तरण गरिनेछ । जुन मध्य अमेरिकालाई दक्षिण अमेरिकासँग जोड्ने जंगली इलाका हो हो । अनगिन्ती आप्रवासीहरूले यसलाई पार गर्दै अमेरिकामा प्रवेश गर्ने प्रयास गर्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारसँगको सहकार्य कार्यक्रम अमेरिकी वायु सेना उडानमार्फत संसारका सबैभन्दा विविध राष्ट्रियताका ११९ जनालाई पनामा पठाइएको मुलिनोले पुष्टी गरेका हुन् । यस महिनाको शुरुमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको वार्तामा मुलिनोले पनामा नहरको सार्वभौमित्वमा कुनै बहस नगर्ने कुरा जोड दिएका थिए ।

पनामा र अमेरिकाबीचको द्विपक्षीय सहकार्यको कारणले जनवरी महिनामा डेरियनबाट क्रस गर्ने आप्रवासीहरूको प्रवाह अघिल्लो वर्षको सोही महिनासँगको तुलना गर्दा ९० प्रतिशत ले घटेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com