अनलाइनमा हुने आलोचनामा निगरानी राख्न खोज्दै अमेरिकी अध्यागमन एजेन्सी आइस


प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

television showing man using binoculars

अमेरिकी अध्यागमन एजेन्सी आइसले सामाजिक सञ्जालमा आफूविरुद्ध भएका नकारात्मक टिप्पणीहरू निगरानी गर्न तथा तिनलाई पहिचान गर्न ठेक्का दिन चाहेको खुलासा भएको छ । आइसले आफ्ना उच्च अधिकारीहरूमाथि भएका धम्कीहरूलाई कारण देखाउँदै इन्टरनेटभर निगरानी राख्ने योजना बनाएको जनाइएको छ ।

ट्रम्प प्रशासनको लाखौँ आप्रवासीहरूलाई देशनिकाला गर्ने योजनाको विरोधमा भइरहेको आक्रोश र प्रदर्शनबीच आइसले विशेषगरी सामाजिक सञ्जालमा आफूविरुद्ध गरिने टिप्पणीहरू खोजी गर्ने तयारी गरेको हो। यस कार्यक्रमअन्तर्गत आईसीईको नीति आलोचना गर्ने मानिसहरू समेत निगरानीको दायरामा पर्न सक्ने देखिन्छ।

आइसले आफ्नो वरिष्ठ नेतृत्व, कर्मचारी र कार्यालयहरूको सुरक्षा गर्न खतरा न्यूनीकरण र निगरानी सेवा आवश्यक भएको बताएको छ। यदि निगरानीका क्रममा कुनै शंकास्पद गतिविधि पत्ता लागेमा आइसले निगरानीको जिम्मा दिने कम्पनीहरूलाई ती व्यक्तिहरूको सामाजिक सञ्जाल इतिहास अध्ययन गर्न, तिनीहरूको हिंसात्मक प्रवृत्ति पत्ता लगाउन, तथा तिनीहरूको व्यक्तिगत विवरण संकलन गर्न निर्देशन दिनेछ।

त्यस्ता जानकारीमा आइसका लागि खतरा उत्पन्न गर्नसक्ने सामाजिक सञ्जाल गतिविधिहरू, हिंसात्मक समूहहरूसँगको सम्बन्ध वा हिंसात्मक कार्यहरूको समर्थन, हिंसाका तस्वीर, हतियार वा कुनै पनि प्रकारको हिंसात्मक अभिव्यक्ति समेटिएका पोस्टहरू पर्नेछन् । आइसको दस्तावेज अनुसार यो निगरानी सामाजिक र व्यवहारिक विज्ञान तथा मनोवैज्ञानिक प्रोफाइल प्रयोग गरी गरिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइसको प्राथमिकता प्रत्यक्ष हिंसात्मक धम्कीहरू पहिचान गर्नु मात्र नभई अनलाइन आलोचनालाई समेत निगरानीमा राख्नु रहेको छ। सरकारी ठेक्काको विवरण अनुसार निगरानी गर्ने कम्पनीले हप्तैपिच्छे आईसीईविरुद्ध भएका नकारात्मक टिप्पणीहरूको संख्या रिपोर्ट गर्नुपर्नेछ।

सामाजिक सञ्जाल तथा डिजिटल अधिकारकर्मीहरूले यो कार्यक्रम अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर खतरा भएको भन्दै आलोचना गरेका छन् । आइसको यस्तो कदमले आम नागरिकहरूलाई डरको वातावरण सिर्जना गर्ने अधिकारकर्मीहरुको भनाई छ । यो निगरानी कार्यक्रमले अमेरिकाभित्रको आलोचनात्मक आवाज दबाउने प्रयास गरेको भन्दै मानव अधिकार समूहहरूले आपत्ति जनाएका छन्।

आइसको निगरानी प्रणालीले सामाजिक सञ्जालमा आलोचना गर्ने व्यक्तिहरूको व्यक्तिगत विवरण खोज्न सक्नेछ, जसमा तिनीहरूको नाम, ठेगाना, सोसल सेक्युरिटी नम्बर, पारिवारिक जानकारी र विश्वविद्यालय तथा कार्यस्थलको विवरण समावेश हुन सक्नेछ। साथै, अनुहार पहिचान प्रविधि प्रयोग गरी व्यक्तिहरूको तस्बिर खोज्ने तथा सम्बन्धित जानकारी फेला पार्ने प्रयास गरिनेछ।

आइसले यस्ता निगरानी कार्यक्रम यसअघि पनि सञ्चालन गरिसकेको छ। सन् २०२० मा पनि आइसले बार्बरिकम नामक वासिङ्टनस्थित एक सुरक्षा कम्पनीलाई साढे ५ मिलियन डलरको ठेक्का दिएको थियो। अहिले नयाँ ठेक्का दिइएको छैन, आइसका प्रवक्ताका अनुशार आइसले आफ्नो खतरा मूल्याङ्कन तथा निगरानी सेवा निरन्तरता दिने योजना बनाइरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com