भारतीय प्रधानमन्त्री मोदी अमेरिका पुगेपछि भने : ट्रम्पसँग भेट गर्न आतुर र उत्साही छु


प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन । विहिबार बिहान मोदी वाशिंगटन डीसी पुगेका हुन ।

यूएस प्रेसिडेन्सियल गेस्ट हाउस ब्लेयर हाउसमा उनलाई बस्नको लागि प्रबन्ध गरिएको छ ।

अमेरिकामा अहिले अत्यन्तै चिसो मौसम छ । तरपनि भारतीय मूलका धेरै व्यक्तिहरू प्रधानमन्त्रीको स्वागत गर्न ब्लेयर हाउस पुगेका थिए ।

प्रधानमन्त्री मोदीले अमेरिकामा रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेट गर्नेछन । त्यसअबसरमा द्विपक्षीय वार्ता हुनेछ । संयुक्त पत्रकार सम्मेलन हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीको सम्मानमा डिनरको आयोजना गर्ने कार्यसूचि रहेको छ ।

अमेरिका पुगेपछि भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग भेट्न उत्सुक र आतुर रहेको बताएका छन । उनले भारत र अमेरिकाबीचको वैश्विक रणनीतिक साझेदारी बनाउनको लागि उत्साहित रहेको बताए ।

ट्रम्पसँगको भेटअघि उनले अमेरिकी गुप्तचर विभागकी प्रमुख तुलसी गबार्डसँग पनि भेट गर्नेछन ।

ट्रम्प र मोदीको भेटमा व्यापार, लगानी, ऊर्जा, रक्षा, प्रविधि र आप्रवासनका विषयमा वार्ता हुने संभावना छ । दुवै नेताबीच आयात करको बारेमा पनि कुरा हुनसक्ने संभावना रहेको छ ।

ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि भेट गरेका विदेशी नेताहरु मध्ये मोदी चौथो नेता हुन ।

ट्रम्पले दोस्रो कार्यकालको पहिलो महिनामा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा र जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग व्हाइट हाउसमा भेट गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com