अमेरिकी दूतावासमा आजदेखि भिसा अप्वाइन्टमेन्ट प्रणाली नयाँ, जान्नै पर्ने कुराहरु


प्रकाशित मिति : माघ २६, २०८१ शनिबार

आजदेखि अमेरिकी दूतावास काठमाडौंको अप्वाइन्टमेन्ट प्रणालीमा परिवर्तन गरेको छ । आजदेखि लगइन, प्रोफाइल र अप्वाइन्टमेन्ट लिनेसम्बन्धी पृष्ठहरूको नयाँ स्वरूप रहेको छ । लगइन गर्ने वेब ठेगाना पनि अघिल्लो प्रणालीभन्दा फरक रहेको छ ।

नयाँ प्रणालीबाट लगइन गर्नेहरूले नयाँ प्रोफाइल बनाउनुपर्नेछ, र यो व्यवस्था विद्यमान प्रयोगकर्ताहरूलाई पनि लागू हुने दूतावासले जनाएको छ। नयाँ प्रणालीमा बालबालिका लगायत प्रत्येक भिसा आवेदकको आफ्नै इमेल ठेगानासहितको प्रोफाइल अनिवार्य हुने तथा इमेल ठेगाना सक्रिय रूपमा काम गर्ने हुनुपर्ने दूतावासले स्पष्ट पारेको छ।

नयाँ प्रणालीबाट भिसा अप्वाइन्ट तय गर्न यहाँ क्लीक गर्नुहोला ।

साइनअप लिङ्कमा क्लिक गरेर प्रोफाइल दर्ता गर्न सकिनेछ भने विद्यमान प्रयोगकर्ताहरूले अघिल्लो भुक्तानी रसिद र भविष्यमा अप्वाइन्टमेन्ट लिन दर्ता गरिएको पहिलेकै इमेल प्रयोग गर्नु अनिवार्य हुनेछ। यदि भिसा शुल्क २०२५ को फेब्रुअरी ३ तारिख वा त्यसअघि नै बुझाइएको भए तर प्रोफाइलमा आबद्ध नगरिएको भए साइनअप लिङ्कमा गएर आफ्नो रसिद लिनुपर्ने दूतावासले जनाएको छ।

प्रिमियम डकुमेन्ट डेलिभरी र प्रिमियम डकुमेन्ट बुझाउने शुल्कहरू ८ फेब्रुअरी २०२५ देखि संशोधित हुन सक्ने दूतावासले जनाएको छ । ८ फेब्रुअरी २०२५ अघि प्रिमियम सेवा चयन गरेकाहरुका लागि समेत नयाँ परिवर्तन लागु हुनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com