अस्पतालमा बालबालिकाको मृत्युको विषयमा अनुसन्धान हुदै
प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

नयाँ दिल्ली, १ असोज (रासस÷सिन्ह्वा): उत्तरी भारतीय राज्य उत्तरप्रदेशको एउटा सरकारी अस्पतालामा गत महिनामा मात्र ४९ जना बालबालिकाको मृत्यु भएको विषयमा अनुसन्धान सुरु भएको छ ।
एक महिनाको समयावधीमा यो घटना भएको समाचार यसअघि नै आएको थियो । अक्सिजन र औषधीको कमीका कारण यस्तो हुन पुगेको भनी सरकारी अधिकारीले जानकारी दिएका थिए ।
तर अक्सिजन र औषधीको कमी के कति कारणले हुन पुग्यो र यतिधेरै बालबालिकाको मृत्यु कसरी भयो भन्ने बारेमा उत्तर प्रदेशको फारुक्खाबाद जिल्लामा रहेको राम मनोहर लोहिया राजकीय चिकित्सालय (अस्पताल) मा अनुसन्धान भइरहेको बताइएको छ ।
सो अस्पतालको नवजात शिशु विशेष हेरचार कक्षमा मात्र ३० जना बालबालिकाको मृत्यु भएको थियो । त्यस्तै अन्य १९ जनाको भने बच्चा जन्मिने क्रममा र जन्मिएपछि मृत्यु भएको बताइएको छ ।
उत्तर प्रदेश केही समययता सरकारी अस्पतालमा नवजात शिशुको मृत्यु हुने क्रम बढ्दै गएको पाइन्छ । त्यस विषयमा अन्य अस्पतालको अवस्थाका बारेमा पनि अनुसन्धान गरिने उत्तर प्रदेश राज्यका सरकारी अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार सो अस्पतालमा त्यति ठूलो सङ्ख्यामा के कसरी बालबालिकाको ज्यान गएको छ भनेर खोजी गरिने छ । यस विषयमा अहिले पनि नागरिकको चासो रहेको ती अधिकारीको भनाइ छ ।