अमेरिकी विदेश मन्त्रालयद्वारा शरणार्थीका परिवारका भिसा प्रक्रिया निलम्बन


प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी शरणार्थी भर्ना कार्यक्रम अन्तर्गत शरणार्थीका परिवारहरूका लागि भिसा प्रक्रिया निलम्बन गरेको घोषणा गरेको छ। यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा जारी गरेको अमेरिकी शरणार्थी भर्ना कार्यक्रमलाई पुनःसंरचना गर्ने कार्यकारी आदेश १४१६३ अनुरूप गरिएको विदेश मन्त्रालयले जनाएको छ अमेरिकी विदेश मन्त्रालयका अनुसार यो निलम्बन संसारभरका अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूमा “फ्लो टु ज्वाइन-आर” भिसाको यात्रा योग्यता निर्धारणमा लागू हुनेछ।

अमेरिकी मन्त्रालय  विभागका अनुसार, जसको भिसाका केसहरू पहिले नै अमेरिकी दूतावास वा वाणिज्य दूतावासमा पुगेका छन्, उनीहरूले आफ्नो यात्रा योग्यता अन्तर्वार्ता स्थिति जाँच गर्न वा राहदानी फिर्ता सम्बन्धी जानकारी लिन सम्बन्धित पोस्टसँग प्रत्यक्ष सम्पर्क गर्नु पर्नेछ।

त्यस्तै, जसको केसहरू अझै नेशनल भिसा सेन्टरमा छन्, उनीहरूले सार्वजनिक सोधपुछ फारम प्रयोग गरी आफ्नो केसबारे अपडेट प्राप्त गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेश मन्त्रालयले लाभार्थीहरूसँग यदि अझै वैध बोर्डिङ फोइल वा भिसाहरू भएमा उनीहरूले अमेरिका प्रवेशसम्बन्धी कुनै जिज्ञासा भएमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र सीबीपीसँग सम्पर्क गर्नु पर्नेछ। साथै विदेश मन्त्रालयले भविष्यमा प्रभावित व्यक्तिहरूका लागि थप निर्देशनहरू प्रदान गर्न सक्ने जनाएको छ।

थप जानकारीका लागि अमेरिकी विदेश मन्त्रालयले सबै प्रभावित व्यक्तिहरूलाई आफ्नो स्थानीय अमेरिकी दूतावास, वाणिज्य दूतावास वा नेशनल भिसा सेन्टरसँग सम्पर्क गर्न सल्लाह दिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com