अमेरिकाबाट ‘आफ्नो’ मार्फत नेपाल रकम पठाउँदा १ डलरको १३८ रुपैया २२ पैसा, तुरुन्तै डिपोजिट


प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार

अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा ‘आफ्नो’ मार्फत रकम पठाउँदा आजको रेट १ डलरको १३८ रुपैया २२ पैसा रहेको छ । यो सेवामार्फत रकम पठाउँदा उत्कृष्ट रेट, प्रयोग गर्न सहज, २ घण्टामा डिपोजिट हुने गरेको आफ्नोले बताएको छ ।

वेवसाइटका अतिरिक्त एप स्टोर र गुगल प्लेबाट पनि एप्लिकेशन डाउनलोड गरेर सहजै रकम पठाउन सकिन्छ । अमेरिकामा रहेका व्यक्तिले बैंक एसीएचमार्फत रकम पठाउन सक्नेछन् भने शुल्क ५९ सेन्टस रहेको छ ।

रेमिट्यान्स पठाएको २ घण्टाभित्रमा नै नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम जम्मा हुने आफ्नोले प्रतिबद्धता जनाएको छ । खसोखासले गरेको परिक्षणमा पनि १ घण्टा ४५ मिनेटमा रकम जम्मा भएको पाइएको थियो ।

यदि तपाईपनि आफ्नो मार्फत सहजै रकम पठाउन चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

फेब्रुअरी ७ को रेट हेर्दा आफ्नोले १ डलरको १३८ रुपैया २२ पैसा रेट दिएको थियो भने रेमिट्लीले १३८ रुपैया १७ पैसा, ट्याप ट्याप सेण्डले १३८ रुपैया, वेष्टर्न युनियनले १३७ रुपैया ५९ पैसा रेट दिएको थियो । प्रभु मनी ट्रान्सफरको भने अनलाइन सेवा अवरुद्ध रहेको थियो ।

बैंकबाट सिधै एसीएच गरेर नेपाल रकम पठाउँदा कतिपय मनी ट्रान्सफरहरुले २ दिनसम्म लगाउने गरेका छन् । तर आफ्नोले भने यसरी रकम पठाउँदा पनि २ घण्टाभित्रै नै बैंक खातामा रकम डिपोजिट गरिदिने गरेको छ ।

भरपर्दो र सुरक्षित कम्पनी प्लेडमार्फत एकाउन्टको विवरण प्राप्त हुने भएकाले आफ्नोले ग्राहकको अमेरिकामा रहेको एकाउन्टमा सिधै पहुच कायम गर्न सक्दैन । सेवाग्राहीको डाटा सुरक्षित राख्न बैंक स्तरको सुरक्षा प्रयोग गर्ने आफ्नोले बताएको छ ।

त्यस्तै हरेक १० हजार नेपाली रुपैया पठाउँदा एक सिक्का प्राप्त गर्न सकिन्छ । एक सिक्काको मूल्य १ नेपाली रुपैया हुनेछ ।

आफ्नोको वेवसाइट र एप्लीकेशनहरु प्रयोग गर्न सहज रहेको छ भने केवाईसी भेरिफाइ पनि सहजै र छिटो हुने गरेको छ । यदि ओटीपी कोड आउनमा ढिलाई भएमा फर्गेट पासपोर्ट विकल्प प्रयोग गरेर समेत छिटो कोड प्राप्त गर्न सकिन्छ ।

यदि कुनै समस्या भएमा च्याटमार्फत वा फोनमार्फत पनि सम्पर्क गर्न सकिन्छ । यसरी सम्पर्क गर्दा तपाईले नेपाली भाषामा नै बोलेर सेवा प्रदान गर्ने कर्मचारीहरु पाउनुहुनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com