युक्रेनी सेनाको कब्जामा रहेका २ नेपालीको उद्धार


प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार

युक्रेनी सेनाको कव्जामा रहेका २ जना नेपालीको उद्धार भएको छ । विगत ९ महिनादेखि युक्रेनी सेनाको कव्जामा रहेका तेह्रथुमका २८ बर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ बर्षीय शेर स्याम्बो शेर्पाको उद्धार गरिएको हो ।

भारतको नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिषामा उहाँहरु युक्रेन पुग्नु भएको थियो । उहाँहरुलाई २०२४ को मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा राखिएको थियो ।

बुधबार उहाँहरुलाई युक्रेनी सेनाले माल्दोवामा लगेर छोडिदिएको थियो । गैर आवासीय नेपाली संघको सहयोगमा उद्धार गरिएका दुबै जनालाई टर्किस्ट एयरलाइन्सको विमान मार्फत शुक्रबार दिउसो नेपाल ल्याइने गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर बद्री के सी जानकारी दिनुभयो ।

युक्रेनी सेनाको कब्जामा रहेका फुर्वा र शेरलाई उद्धार गर्नका लागि नेपाली राजदुत शैल रुपाखेती, नियोग उपप्रमुख सागर फुयाँल,गैरआवासीय नेपाली संघको तर्फबाट आइसीसी सदस्य चिरन शर्मा र केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रावतले महत्वपूर्ण भूमिका खेल्नु भएको अध्यक्ष डाक्टर बद्री के सीले बताउनु भयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com