जन्मसिद्ध नागरिकताविरुद्धको ट्रम्पको आदेश कार्यान्यनमा अदालतको अनिश्चितकालिन रोक


प्रकाशित मिति : माघ २३, २०८१ बुधबार

मेरिल्यान्डको एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकताविरुद्धको ट्रम्पको आदेश कार्यान्यन राष्ट्रव्यापी रूपमा रोक्ने अन्तरिम आदेश जारी गरेका छन्। उक्त आदेशले अमेरिकामा जन्मिने कागजातविहीन आप्रवासी वा अस्थायी आप्रवासीका बालबालिकालाई स्वचालित रूपमा नागरिकता प्रदान गर्ने प्रणालीलाई ट्रम्पले एकतर्फी रूपमा खारेज गर्ने प्रयासलाई अवरुद्ध गरेको छ।

यो प्राथमिक निषेधाज्ञाले सियाटलको अदालतले गत महिना जारी गरेको १४ दिनको प्रतिबन्धात्मक आदेशभन्दा बलियो र स्थायी प्रभाव राख्नेछ। बुधबार मेरिल्यान्डस्थित संघीय जिल्ला अदालतका न्यायाधीश डेबोरा एल बोर्डम्यानले यो राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेकी हुन्। न्यायाधीश बोर्डम्यानलाई राष्ट्रपति जो बाइडेनले न्यायिक पदका लागि मनोनीत गरेका थिए।

उनले आफ्नो आदेशमा लेखेकी छन्, “राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश संविधानको १४औँ संशोधनको स्पष्ट भाषासँग बाझिन्छ, १२५ वर्ष पुरानो सर्वोच्च अदालतको मिसिललाई खारेज गर्छ, र जन्मबाट नागरिकता प्राप्त गर्ने हाम्रो देशको २५० वर्ष पुरानो परम्पराको विरुद्ध जान्छ। सर्वोच्च अदालतले १४औँ संशोधनको नागरिकता प्रावधानको राष्ट्रपतिको व्याख्यालाई स्पष्ट रूपमा अस्वीकार गरिसकेको छ। वास्तवमा, कुनै पनि अदालतले राष्ट्रपतिको व्याख्यालाई समर्थन गरेको छैन। यो अदालत पहिलो हुने छैन।”

यो मुद्दाका वादीहरू पाँच जना गर्भवती महिला छन्, जसको वैध आप्रवासी स्थिति छैन । त्यस्तै दुईवटा गैरनाफामूलक संस्थाहरू छन्, जो आप्रवासीहरूको हकहितका लागि काम गर्छन्। राष्ट्रव्यापी निषेधाज्ञा जारी गर्नुको कारण स्पष्ट गर्दै न्यायाधीश बोर्डम्यानले उल्लेख गरेकी छन् ,”मुद्दाका वादी संस्थाका सदस्यहरू अमेरिकाका सबै राज्यमा छन्, जसमा सयौँ गर्भवती महिला छन्, जसले आगामी हप्ताहरूमा अमेरिकामा जन्म दिने सम्भावना छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जन्मसिद्ध नागरिकताविरुद्धको ट्रम्पको कार्यकारी आदेशले अमेरिकी भूमि जन्मेका शिशुहरूलाई स्वतः नागरिकता दिने प्रक्रियालाई अन्त्य गर्ने उद्देश्य राखेको थियो।
राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकारी आदेश जारी गरेको तीन दिनपछि भएको सुनुवाइमा संघीय जिल्ला अदालतका न्यायाधीश जोन सी कौगनाउरले वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगन राज्यहरूको समर्थन गर्दै १४ दिनका लागि कार्यकारी आदेशलाई रोक्ने आदेश दिएका थिए । उनले यस आदेशलाई स्पष्ट रूपमा असंवैधानिक भएको भन्दै खारेज गरेका थिए ।

न्यायाधीश कौगनाउरले ट्रम्प प्रशासनका वकिलहरूप्रति कटाक्ष गर्दै “ट्रम्पको कार्यकारी आदेश संवैधानिक छ भनेर कुनै वकिलले कसरी निर्धक्कसँग भन्न सक्छ, आफूले बुझ्न नसक्ने” बताएका थिए । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने बताएका थिए ।

राष्ट्रपतिको यो आदेश उनको कार्यकालको प्रारम्भिक घण्टामा आप्रवासन नियन्त्रण गर्न ल्याइएको धेरै आदेशमध्ये एक थियो । यो कार्यकारी आदेशले फेब्रुअरी १९ पछि कागजातविहीन आप्रवासी अभिभावकहरूबाट जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकको रूपमा मान्यता नदिने प्रावधान राखेको थियो । साथै यो आदेशले यदि बाबु अमेरिकी नागरिक नभए अस्थायी रूपमा बसोबास गरिरहेका अन्य गैरनागरिक आमाहरूबाट जन्मेका शिशुहरूलाई पनि प्रभावित गर्छ ।

यस आदेशको विरोध गर्दै २२ वटा राज्यहरू, नागरिक अधिकार समूहहरू र गर्भवती महिलाहरूले छ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेका छन्, जसमा १४औँ संशोधनको उल्लङ्घन गरिएको दाबी गरिएको छ। कानुनी प्रावधान अनुशार केहि सीमित अपवादहरूबाहेक अमेरिकामा जन्मेका सबै व्यक्ति स्वतः अमेरिकी नागरिक हुन्छन् । संघीय अदालतले अहिलेसम्म जन्मसिद्ध नागरिकताको थप सीमिततालाई संवैधानिक रूपमा मान्यता दिएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com