युएससीआईएसले रिफर गरेका अधुरा एसाइलम आवेदन अब अध्यागमन अदालतले सिधै अस्वीकार गर्ने


प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार

ट्रम्प प्रशासनले शरणार्थी अनुरोध प्रक्रिया सम्बन्धी नीतिगत निर्देशिका पुनर्स्थापना गरेको छ, जसले अमेरिकी इमिग्रेसन अदालतको प्रक्रियामा ठूलो परिवर्तन ल्याएको छ। फेब्रुअरी ३, २०२५ मा जारी गरिएको नयाँ निर्देशिकामा एक्जिक्युटिभ अफिस फर इमिग्रेसन रिभ्युका कार्यकारी निर्देशक सिर्स इ. ओवेनले सन् २०२० को पोलिसी मेमोलाई पुनर्जीवित गरेका छन्। यो नीति सन् २०२० डिसेम्बर ४ मा ट्रम्प प्रशासनको समयमा लागू गरिएको थियो तर बाइडेन प्रशासनले २०२२ अप्रिल १८ मा यसलाई रद्द गरेको थियो।

पुनर्स्थापित निर्देशिकाले शरणार्थी अनुरोध प्रक्रियामा कडा नियम लागू गरेको छ। अमेरिकी नागरिकता र इमिग्रेसन सेवा (युएससीआईएस) ले रिफर गरेका पूरा कागजात नभएका अधुरा एफर्मेटिभ एसाइलम अनुरोधहरू अब इमिग्रेसन अदालतले सिधै अस्वीकार गर्नेछ। यसैगरी डिफेन्सिभ एसाइलम अनुरोधहरू अब सुनवाईको समयमा व्यक्तिगत रूपमा पेश गर्न आवश्यक छैन, तर अधुरा अनुरोधहरू सम्बन्धी नयाँ नियमहरू लागू गरिएका छन्।

निर्देशिकाले एसाइलम अनुरोधहरू १८० दिनभित्र निर्णय गर्ने आवश्यकता पुनः जोड दिएको छ। इमिग्रेसन न्यायाधीशहरूलाई असाधारण परिस्थितिहरू बाहेक शरणार्थी अनुरोधको समय गणना रोक्न निर्देश दिइएको छ। निर्देशिकाले यसमा स्पष्ट रूपमा उल्लेख गरेको छ कि समयमा पेश नगरिएका अनुरोधहरू, फिर्ता लिइएका अनुरोधहरू, त्यागिएका अनुरोधहरू, वा न्यायाधीशले स्वीकार वा अस्वीकार गरेका अनुरोधहरूमा समय गणना स्थायी रूपमा रोकिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसका साथै, अध्यागमन अदालतले र युएससीआईएसको लागि रोजगार प्राधिकरण (वर्क परमिट) को समय गणना व्यवस्थापन गर्ने भूमिका स्पष्ट पारेको छ। न्यायाधीशहरूलाई वर्क परमिटको उद्देश्यले सुनवाई छिटो गर्न चाहनु भएको छ कि छैन भनी प्रश्न गर्न मनाही गरिएको छ। साथै, न्यायाधीशहरूले शरणार्थी अनुरोधको सुनवाई अगाडि बढाउँदा असाधारण परिस्थितिहरू स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। निर्देशिकामा चेतावनी दिइएको छ कि गलत कोड प्रयोग गरेमा न्यायाधीशहरूलाई  “कारबाही” हुन सक्छ।

आवेदकले बायोमेट्रिक वा जीवनवृत्त सम्बन्धी जानकारी उपलब्ध गराएन भने उनीहरूले उचित कारण देखाए पनि न्यायाधीशले सुनवाई स्थगित गर्नु निर्देशिकाले नपर्ने निर्देशिकाले प्रष्ट पारेको छ । यसले युएससीआईएसले नोटिस टु अपियर जारी गर्दा पालना गर्नुपर्ने आवश्यकताहरू पनि पुनः स्पष्ट गरेको छ।

अन्य महत्वपूर्ण पक्षहरूमा, इमिग्रेसन न्यायाधीशहरूलाई विशेष मामिलाहरूमा विदेश मन्त्रालयबाट टिप्पणीहरू माग्न निर्देश दिइएको छ। आई ५८९ आवेदन एसाइलमका लागि नभएर देशनिकालामात्र रोक्न वा यातनाविरुद्धको सन्धी सम्बन्धि राहतका लागिमात्र फाइल गरिएको भएमा एसाइलम क्लक वा वर्क परमिटको क्लक सुरु नहुने स्पष्ट गरिएको छ। न्यायाधीशले आवेदनमा निर्णय गरेपछि यो मुद्दा बीआईए समक्ष पुनरावेदनमा हुँदा वा बीआईएद्वारा मुद्दा रिमान्डमा भएमा एसाइलम घडी नचल्ने प्रष्ट पारिएको छ ।

यस नीतिले शरणार्थीहरूका लागि प्रक्रियाहरू कडा बनाएको छ भनेर आलोचकहरूले बताएका छन्। तर समर्थकहरूले यसले प्रक्रियाहरू छिटो र प्रभावकारी बनाउने दावी गरेका छन्। यस नीतिको पुनर्स्थापनाले अमेरिकी इमिग्रेसन प्रणालीमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com