अमेरिकामा कार्यस्थल वा घरमा अध्यागमनका अधिकारी आएमा तपाईका अधिकारहरु (अपडेटेड)


प्रकाशित मिति : माघ २१, २०८१ सोमबार

A female ICE ERO officer holds up a badge.

न्युयोर्क सिटी मेयरको आप्रवासी मामिला कार्यालयले ‘आफ्नो अधिकार जानौं’ पुस्तिकालाई अद्यावधिक गरेको छ, जुन अब विभिन्न भाषाहरूमा उपलब्ध छ।

यी विस्तृत मार्गदर्शनहरू अमेरिकी अध्यागमन (आइस) अधिकारीहरू सामना गर्न सक्ने व्यक्तिहरूलाई आवश्यक जानकारी र स्रोतहरू प्रदान गर्न डिजाइन गरिएको हो। पुस्तिकाले अमेरिकी कानुनअनुसार व्यक्तिहरूको अधिकारहरूको वर्णन गर्छ, जसले आप्रवासीहरूलाई सचेत र तयारी अवस्थामा रहन मद्दत गर्छ।

पुस्तिकामा के छ?

यदि आइस मेरो ढोकामा आएमा म के गर्न सक्छु?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

👉  तपाईँलाई आइस वा आप्रवासन अधिकारीहरूका लागि ढोका खोल्नुपर्ने छैन। सम्झनुहोस्, तपाईंलाई मौन रहने अधिकार छ।

👉 यदि आइस/आप्रवासन अधिकारीहरू तपाईंको ढोकामा छन् भने:

⬛ बन्द ढोकाको पछाडिबाट, उनीहरू को हुन् भनेर सोध्न सक्नुहुन्छ र उनीहरूको ब्याज, परिचय पत्र वा व्यवसायिक कार्ड झ्यालबाट, ढोकाको प्वालबाट हेर्न वा ढोकामुनि पास गर्न अनुरोध गर्न सक्नुहुन्छ।

⬛ यदि तपाईंले आइस/आप्रवासन अधिकारीहरूलाई पहिचान गर्नुभयो भने, उनीहरूसँग न्यायिक वारेन्ट (Judicial Warrant) छ कि छैन भनेर सोध्नुहोस्।

⬛ यदि वारेन्ट छैन भने, तपाईंलाई ढोका खोल्नुपर्ने छैन। तपाईं भन्न सक्नुहुन्छ, “म तपाईंहरूसँग कुरा गर्न चाहन्न।” (I do not want to speak with you.)

⬛ यदि वारेन्ट छ भने, तिनीहरूलाई वारेन्ट ढोकामुनि पास गर्न भन्नुहोस्। यो न्यायाधीशले हस्ताक्षर गरेको छ भनी पुष्टि गर्नुहोस्।

⬛ यदि आइस तपाईंको घरमा नभएको कसैलाई खोज्दै छ भने, तपाईंलाई कुनै जानकारी दिनुपर्ने छैन। झूटो जानकारी प्रदान गरेमा भने कानुनी जोखिम हुन सक्छ।

⬛ सार्वजनिक सुरक्षामा खतरा वा कसैको जीवन जोखिममा परेमा मात्र आइस अनुमति बिना प्रवेश गर्न सक्छ।

 

यदि आइस मेरो घरभित्र पसेमा म के गर्न सक्छु?

यदि आइस तपाईंको अनुमति बिना घरभित्र प्रवेश गर्छ भने, तपाईं स्पष्ट रूपमा भन्न सक्नुहुन्छ:

“म तपाईंलाई मेरो घरमा रहने अनुमति दिँदैन। कृपया  जानुहोस्।” (I do not consent to you being in my home. Please leave.)

आइसले तपाईंको कोठा वा वस्तुहरू तलासी गर्न खोजेमा भन्न सक्नुहुन्छ, “म तपाईंको खोजीमा सहमत छैन।” (I do not consent to your search.)

तपाईं घरमा बालबालिका वा अन्य असहाय व्यक्तिहरू रहेको जानकारी दिन सक्नुहुन्छ।

 

यदि आइस मेरो कार्यस्थलमा आएमा म के गर्न सक्छु?

⬛ आइस सार्वजनिक ठाउँहरूमा बिना वारेन्ट प्रवेश गर्न सक्छ, जस्तै अफिस लबी, पसल, रेस्टुरेन्टको सार्वजनिक भाग आदि।

⬛ तर निजी ठाउँहरूमा (जस्तै स्टाफ कोठा वा भण्डारण कोठा), आइसले तपाईँको रोजगारदाता वा न्यायिक वारेन्ट बिना प्रवेश गर्न सक्दैन।

⬛ तपाईंलाई आइसको प्रश्नहरूको उत्तर दिनुपर्ने छैन। तपाईं उनीहरूलाई आफ्नो रोजगारदातासँग सम्पर्क गर्न भन्न सक्नुहुन्छ।

⬛ यदि आइसले तपाईंको व्यक्तिगत सामान तलासी गर्न खोजेमा, तपाईं भन्न सक्नुहुन्छ:

“म तपाईंको खोजीमा सहमत छैन।” (I do not consent to a search.)

 

यदि म गिरफ्तार वा हिरासतमा लिइएँ भने म के गर्न सक्छु?

⬛ तपाईंलाई मौन रहने र वकिलसँग कुरा गर्ने अधिकार छ।

⬛ यदि तपाईंलाई स्वास्थ्य समस्या छ वा बालबच्चाको व्यवस्था गर्नुपर्छ भने, आइसलाई बताउन सक्नुहुन्छ।

⬛ तपाईंले अनुवादकको माग गर्न सक्नुहुन्छ यदि आइस एजेन्टहरूले तपाईंको भाषा बोल्दैनन्। (I need an interpreter.)

⬛ कुनै पनि कागजातमा हस्ताक्षर गर्नु वा आइसको प्रश्नहरूको उत्तर दिनु अघि वकिलसँग परामर्श गर्नुहोस्।

⬛ तपाईंलाई तपाईंको परिवार, साथी वा वकिललाई फोन गर्न अनुमति दिइनुपर्छ।

⬛ तपाईंले आफ्नो पक्राउबारे प्रमाण (अडियो, भिडियो, वा लेखिएको नोट) राख्न सक्नुहुन्छ र वकिललाई दिन सक्नुहुन्छ।

 

यदि तपाईं वा तपाईंको परिवारको सदस्यलाई देश निकाला हुने जोखिम छ भने:

⬛ आफ्नो कानुनी विकल्पहरू खोज्नुहोस्। भरोसायोग्य वकिलसँग परामर्श गर्नुहोस् र ठगीबाट बच्नुहोस्।

⬛ न्युयोर्क सिटी मेयरको आप्रवासी मामिला कार्यालयको आप्रवासन कानुनी सहायता हटलाइन मा ८०० ३५४ ०३६५ मा सम्पर्क गर्नुहोस् (सोमबारदेखि शुक्रबार, बिहान ९:०० – साँझ ६:०० बजे)।

 

आपतकालीन परिवार योजना बनाउनुहोस्:

⬛ एक आपतकालीन सम्पर्क व्यक्ति रोज्नुहोस् र उनको फोन नम्बर कण्ठ गर्नुहोस्।

⬛ आफ्नो महत्वपूर्ण कागजात सुरक्षित ठाउँमा राख्नुहोस्।

⬛ बालबच्चाको हेरचाह गर्न विश्वासिलो व्यक्ति तोक्नुहोस्।

 

निःशुल्क कानुनी सहायता प्राप्त गर्नुहोस्

⬛ न्युयोर्क सिटी मेयरको आप्रवासी मामिला कार्यालयले निःशुल्क, गोप्य, र बहुभाषी आप्रवासन कानुनी सहायता सेवा प्रदान गर्दछ।

⬛ यदि तपाईंलाई सहयोग आवश्यक छ भने न्युयोर्क सिटी मेयरको आप्रवासी मामिला कार्यालयको हटलाइन (८०० ३५४ ०३६५) मा सम्पर्क गर्नुहोस् वा ३११ मा फोन गरेर “इमिग्रेशन लिगल” भन्नुहोस्।

⬛ न्युयोर्क सिटीभरि आप्रवासी समुदायहरूमा न्युयोर्क सिटी मेयरको आप्रवासी मामिला कार्यालयका कानुनी सहायता केन्द्रहरू स्थापना गरिएका छन्।

 

👉 यो पुस्तिका कानुनी सल्लाह होइन। थप जानकारीका लागि योग्य वकिलसँग परामर्श गर्नुहोस्।

न्युयोर्क सिटीका सबै आप्रवासीहरू कानुनी सहायता प्राप्त गर्न योग्य छन्, चाहे उनीहरूको आप्रवासन स्थिति जुनसुकै किन नहोस्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com