नहरमाथिको चिनियाँ प्रभाव तत्काल परिवर्तन गर्न पनामालाई अमेरिकाको चेतावनी


प्रकाशित मिति : माघ २०, २०८१ आईतबार

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनामा नहरमाथिको चिनियाँ प्रभाव र नियन्त्रणमा तत्काल परिवर्तन गर्न पनामालाई चेतावनी दिएका छन ।

पनामाले यो कामलाई बेवास्ता गरेमा अमेरिकाले दुई देशबीचको सन्धीअन्तर्गत आफ्ना अधिकारहरूको रक्षा गर्न आवश्यक कदम चाल्ने विदेशमन्त्री रुबियोले प्रष्ट पारेका छन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको पनामालाई फिर्ता लिनका लागि गरेको प्रतिबद्दता तथा रुबियो र पनामाका कन्जरभेटिभ राष्ट्रपति जोस राउल मुलिनो बीचको बैठकपछि यो धारणा बाहिर आएको हो ।

मुलिनोले चिनियाँ प्रभावको बारेमा ट्रम्पको चिन्ता समाधान गर्न अमेरिकी पक्षसँग प्राविधिक स्तरको वार्ता प्रस्ताव गरेका छन् । उनले पनामा नहरलाई नियन्त्रणमा लिनका लागि अमेरिकाले सैन्य बलको प्रयोग गर्नेछ भन्ने आफुलाई नलागेको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, ट्रम्पको नहर फिर्ता लिने प्रतिबद्धताले पनामामा विरोधको आवाज ठूलो बनाएको छ । पनामा सिटीमा प्रर्दशनकारीहरुले ट्रम्प र रुबियोका पुत्ला जलाएका थिए । अमेरिकी राष्ट्रपति र उनका दूतका दृष्टिकोणको विरुद्धको प्रतिरोध पनामामा बढ्दै गएको देखिएको छ ।

नहरमा चिनियाँ सैनिकहरू कार्यरत रहेको अमेरिकाको दावीलाई पनामाले खण्डन गर्दै आएको छ । अमेरिकन जहाजहरूले अन्य राष्ट्रका जहाजभन्दा बढी शुल्क तिर्नु पर्ने आरोप पनि अमेरिकाले लगाउदै आएको छ ।

यो जलमार्ग पनामा सरकारको स्वामित्वमा सञ्चालनमा छ । दशकोंअघि अमेरिकासँग हस्ताक्षर भएको तटस्थता सन्धी अन्तर्गत भएको हो ।

यद्यपि चिनियाँ कम्पनीहरूले नहर नजिकका बन्दरगाह र टर्मिनलहरूमा ठूलो लगानी गरेका छन् । एक हङकङ आधारित कम्पनीले नहरका पाँचवटा प्रमुख बन्दरगाहमध्ये दुईवटा चलाउँछ ।

पनामामा ट्रम्पको सेना प्रयोगको धम्कीले डर र संकोच पनि सिर्जना गरेको छ । यसले १९८९ को पनामामा अमेरिकी आक्रमणको सम्झना गराउँछ ।

उक्त आक्रमणमा पनामाली सेना अमेरिकी सेनासँग छिटो भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com