अमेरिकाले सीमा शुल्क लगाएपछि मेक्सिकोको अर्थतन्त्र मन्दीमा जानसक्ने संभावना


प्रकाशित मिति : माघ २०, २०८१ आईतबार

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो सरकारले लागू पदार्थ कार्टेलहरूसँग गठबन्धन नगरेको स्पष्ट पारेका छन ।

अमेरिकाले लागू पदार्थ कार्टेलहरूसँग गठबन्धन गरेको आरोप लगाएपछि त्यसलाई मेक्सिकोका राष्ट्रपतिले अस्वीकार गरेका छन । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार महसुलको विरुद्धमा बदला लिने प्रतिज्ञा समेत व्यक्त गरेका छन ।

अवैध आप्रवासन र लागुऔषध तस्करीका कारण ट्रम्पले मेक्सिको र क्यानाडाका सामानमा २५ प्रतिशत कर ह्वाइट हाउसले लगाएपछि नजिकका छिमेकीहरूबीच तनाव बढेको छ ।

अमेरिकी राजनीतिज्ञ र विश्लेषकहरूले पहिले पनि मेक्सिको सरकारले कार्टेलहरूसँग सहकार्य गरेको आरोप लगाएका थिए । तर औपचारिक आरोप लगाइएको यो पहिलो पटक भएको सेवानिवृत्त मेक्सिकन कूटनीतिज्ञ अगस्टिन गुटिरेज क्यानेटले भनेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आधिकारिक तथ्याङ्कअनुसार अमेरिकाले गत वर्ष मेक्सिकोको निर्यातको ८० प्रतिशतभन्दा बढी खरिद गरेको थियो ।

अमेरिकामा हुने निर्यातले उनीहरूको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब २० प्रतिशत हिस्सा ओगटेको हुनाले भन्सार महसुलले क्यानाडा र मेक्सिको दुवै अर्थतन्त्रलाई यस वर्षको अन्त्यमा मन्दीमा धकेल्न सक्ने संभावना रहेको छ ।

बेस वित्तीय समूहका आर्थिक विश्लेषण प्रमुख ग्याब्रिएला सिल्लरका अनुसार २५ प्रतिशतको समग्र भन्सार महसुलले मेक्सिकोको निर्यातमा करिब १२ प्रतिशतको गिरावट ल्याउन सक्छ ।

यदि भन्सार महसुल वर्षभरि कायम रह्यो भने मेक्सिकोको जिडिपी सन् २०२५ मा चार प्रतिशतले घट्न सक्छ । सन् २०२४ को अन्त्यसम्म मेक्सिको मन्दीको सङ्घारमा थियो ।

यदि यो भन्सार महसुल केही महिनासम्म रह्यो भने मेक्सिकन अर्थतन्त्र गम्भीर मन्दीमा जानसक्ने विश्लेषकहरुले अनुमान गरेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com