साउदी अरबमा भएको दुर्घटनामा ३ नेपालीको मृत्यु , एकजनाको अबस्था गम्भीर


प्रकाशित मिति : माघ १९, २०८१ शनिबार

सवारी दुर्घटनामा परेका ३ जना नेपालीको साउदी अरबमा मृत्यु भएको छ ।

पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोड नजिक भएको दुर्घटनामा ३ नेपालीसहित १५ जनाको मृत्यु भएको हो ।

श्रमिकहरु सवार भ्यान र ट्रेलर एक आपसमा ठोक्किदा यो दुर्घटना भएको हो ।

दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयले बताएको छ । दुर्घटनामा भारतका ९ र घानाका ३ जना नागरिकको पनि ज्यान गएको छ ।

घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको जिजानको बाइस अस्पतालमा गम्भीर अबस्थामा उपचार भइरहेको छ ।

जिजानको आरम्को प्रोजेक्टमा काम गर्ने श्रमिक दुर्घटनामा परेका हुन् ।

खाडी क्षेत्रमध्ये साउदीमा सबैभन्दा बढी सडक दुर्घटनामा ज्यान जाने गरेको विभिन्न तथ्याङकहरुले देखाउछन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com