न्युयोर्कको रिजउडमा श्रीस्वस्थानी व्रतकथा महोत्सवमा भक्तजनको भीड, २ सातामा ५९ हजार डलर संकलन


प्रकाशित मिति : माघ १९, २०८१ शनिबार

न्युयोर्कको रिजउडमा रहेको दुर्गा मन्दिरमा आयोजित श्रीस्वस्थानी व्रतकथा महोत्सवमा भक्तजनको उत्साहपूर्ण सहभागिता रहेको छ। यस धार्मिक आयोजनमा ठूलो संख्यामा भक्तजन उपस्थित भएका थिए, जसले महोत्सवलाई अत्यन्तै भव्य र आध्यात्मिक बनाएको थियो। यस महोत्सवको दौरान  जनवरी २७, २०२५ सम्म नेपाली मन्दिर, समुदाय, तथा सांस्कृतिक केन्द्र निर्माणका लागि लगभग ५९,००० अमेरिकी डलर कोष संकलन भइसकेको छ।

रिजउड नेपाली समाजले विभिन्न संघसंस्थासँगको सहकार्यमा आयोजना गरेको श्रीस्वस्थानी व्रतकथाबाट संकलित रकम मन्दिर तथा सांस्कृतिक केन्द्रको स्तरोन्नतिका लागि प्रयोग गरिने आयोजकले जानकारी दिएका छन्। ब्रतकथामा विभिन्न नेपाली अमेरिकी संघसंस्थाका प्रतिनिधिहरू, समुदायका सदस्यहरू, र अतिथिहरूले उत्साहजनक सहभागिता जनाउँदै आएका छन् ।

यस हप्ताको सबैभन्दा ठूलो योगदान स्थानीय बासिन्दा बासुदेव र सीता तिमल्सिना परिवारबाट प्राप्त भएको छ। तिमल्सिना परिवारले चार हजार अमेरिकी डलर सहयोग प्रदान गर्दै नेपाली समुदायको उत्थानमा महत्वपूर्ण योगदान गरेका छन्। कास्की जिल्ला, नेपाल मूल घर भएका उनीहरू झन्डै २० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन्।

सीता तिमल्सिना हाल रिजउड, न्यूयोर्कको वेकफ अस्पतालमा नर्सको रूपमा कार्यरत छिन्, नेपलिज अमेरिकन नर्सेस एसोसिएसनकी सक्रिय सदस्य पनि हुन्। उनी समुदायका विभिन्न कार्यहरूमा स्वेच्छिक रूपमा संलग्न भई नेपाली परम्परा, संस्कृति, र सामुदायिक विकासका लागि निरन्तर योगदान दिँदै आएकी छिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीता तिमल्सिनाले भनिन्, “हामी प्रवासमा रहे पनि हाम्रो जरा नेपालमै छ। हाम्रो भाषा, धर्म, संस्कृति, र परम्पराको जर्गेना गर्नु हाम्रो कर्तव्य हो। न्यूयोर्कमा नेपाली मन्दिर र सांस्कृतिक केन्द्र निर्माण हुनु भनेको हाम्रो पुस्ताका लागि मात्र नभई आउने पुस्ताहरूका लागि समेत गहिरो महत्व राख्छ। यस पुण्य कार्यमा सानो वा ठूलो जसरी भए पनि योगदान दिनु हाम्रा लागि गर्वको विषय हो। यस महोत्सवमा सकेको सहयोग गरेर हामी सबै मिलेर आफ्नो पहिचान बचाउने, संलग्न हुने, र नयाँ पुस्तालाई पनि यस अभियानमा जोड्ने प्रयास गरौँ।”

उनको योगदानको प्रशंसा गर्दै नेपलिज अमेरिकन नर्सेस एसोसिएसनकी संस्थापक अध्यक्ष तथा न्यूयोर्क श्रीस्वस्थानी महोत्सवकी रणनीति तथा सम्पर्क समिति सदस्य सुनिता भण्डारीले भनिन्, “सीता तिमल्सिना नेपाली समुदायको उत्थान, प्रवर्द्धन, र सशक्तिकरणका लागि निरन्तर सक्रिय रहँदै आउनुभएको छ। उहाँको योगदान हाम्रो समुदायका लागि अत्यन्त प्रेरणादायी छ।”

अर्का दाता प्रदीप खिम्दुङले दुई हजार एक सय एघार अमेरिकी डलर  दान गरेका छन् । खोटाङ जिल्ला, नेपालका मूल निवासी प्रदीप खिम्दुङ २००८ देखि आफ्नो पत्नी सजन योंघाङ र छोरी मिसाम खिम्दुङसँग न्यूयोर्कको क्विन्समा बसोबास गर्दै आएका छन्।  खुशी व्यक्त गर्दै उनले भने, “रिजउड नेपाली समाजले सारा न्यूयोर्क नेपाली समाजलाई जोड्दै गएको देखेर म निकै खुशी छु। साथै, म यहाँ आएर यो महाअभियानमा योगदान दिन पाउँदा पनि हर्षित छु। यो सबै मेरो प्रिय मित्र र व्यापारिक सहयात्री परसु राम पन्तीजीको मेहनतले सम्भव भएको हो। आगामी दिनहरूमा पनि म समुदायको राम्रो कामको लागि सहयोग गर्दै जानेछु।”

समाजसेवी तथा न्यूयोर्क श्रीस्वस्थानी महोत्सव आयोजक रणनीति तथा सम्पर्क समिति सदस्य परसु राम पन्थीले प्रदीप खिम्दुङलाई धन्यवाद व्यक्त गर्दै भने, “उहाँलाई धन्यवाद दिन चाहन्छु कि उहाँले आफू अस्वस्थ भएको बेलामा पनि हाम्रो महान अभियानमा साथ दिन आउनुभयो। उहाँजस्ता व्यक्तित्वहरूको योगदानले हामीलाई थप प्रेरणा दिएको छ। यदि हामी सबै मिलेर यो महाअभियानमा अघि बढ्न सके भने, हामी पक्का सफल हुनेछौं।”

उनले थपे, “ प्रत्येक दिन श्रीस्वस्थानी व्रत कथा गर्न पाउादा हामी भाग्यशाली छौं । र सबैलाई यस पवित्र अवसरमा सहभागी हुन र आशीर्वाद प्राप्त गर्न प्रोत्साहित गर्दछौं।मन्दिर र सांस्कृतिक केन्द्र निर्माणका लागि एउटा ईंटा दान गर्न सबैलाई आग्रह गर्दछु । यो हाम्रो साझा प्रयासको अंश बन्ने अवसर हो।”

यस महोत्सवमा विभिन्न संघसंस्था, स्थानीय बासिन्दाहरू, तथा नेपाली समुदायका सदस्यहरूले निरन्तर सहयोग गरिरहेका छन्। आयोजकहरूले आगामी दिनहरूमा अझ बढी सहभागिता र समर्थनको अपेक्षा गर्दै निरन्तर सहयोगका लागि सबैलाई अपिल गरेका छन्।

साथै ५ सय डलर भन्दा बढी दान गर्ने दाताहरूलाई प्रमाणपत्र सहित सम्मान गरिदै आएको छ । र उनीहरूको नाम दुर्गा मन्दिर तथा नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको दाताहरूको सूचीमा थप गरिनेछ।

यदि कर्ता बस्न समय नमिलेमा, दुर्गा मन्दिर एवं सामुदायिक तथा सांस्कृतिक भवन पुनर्निर्माण अभियानका लागि यस यज्ञमार्फत दान गर्न सकिने साथै, एकै दिन धेरै जना पनि कर्ता बस्न सक्ने भएकाले इच्छुक व्यक्तिहरूले समाजका कार्यसमिति सदस्यहरू, मन्दिर व्यवस्थापन तथा सञ्चालन समितिका सदस्यहरू, वा गुरुहरूसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

रिजउड नेपाली समाज, दुर्गा मन्दिर, विभिन्न संघसंस्था, तथा मिडिया पार्टनर्सहरूको संयुक्त सहकार्यमा आयोजित ‘न्यूयोर्क श्रीस्वस्थानी व्रतकथा महोत्सव’ जनवरी १३ देखि फेब्रुअरी १२, २०२५ सम्म प्रत्येक दिन साँझ ७:०० देखि ९:०० बजेसम्म आयोजना भइरहेको छ। महोत्सवको प्रमुख उद्देश्य नेपाली समुदायलाई धार्मिक, सांस्कृतिक, तथा सामाजिक रूपमा एकत्रित गर्दै न्यूयोर्कमा नेपाली मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणका लागि कोष संकलन गर्नु हो।

हाल सम्म न्यूयोर्क श्रीस्वस्थानी व्रतकथा महोत्सवको लागि सहयोग गर्ने भक्तजनहरु:

कार्यक्रम र दाताहरुका थप झलकहरु: 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com