फेब्रुअरी ८ देखि अमेरिकी दूतावास काठमाडौंको अप्वाइन्टमेन्ट प्रणालीमा परिवर्तन


प्रकाशित मिति : माघ १९, २०८१ शनिबार

फेब्रुअरी ८ देखि अमेरिकी दूतावास काठमाडौंको अप्वाइन्टमेन्ट प्रणालीमा परिवर्तन गर्न लागिएको छ। उक्त मितिदेखि लगइन, प्रोफाइल, र अप्वाइन्टमेन्ट लिनेसम्बन्धी पृष्ठहरूको नयाँ स्वरूप हुने अमेरिकी दूतावास काठमाडौंले जनाएको छ। लगइन गर्ने वेब ठेगाना पनि अघिल्लो प्रणालीभन्दा फरक हुनेछ।

नयाँ प्रणालीबाट लगइन गर्नेहरूले नयाँ प्रोफाइल बनाउनुपर्नेछ, र यो व्यवस्था विद्यमान प्रयोगकर्ताहरूलाई पनि लागू हुने दूतावासले जनाएको छ। नयाँ प्रणालीमा बालबालिका लगायत प्रत्येक भिसा आवेदकको आफ्नै इमेल ठेगानासहितको प्रोफाइल अनिवार्य हुने तथा इमेल ठेगाना सक्रिय रूपमा काम गर्ने हुनुपर्ने दूतावासले स्पष्ट पारेको छ।

साइनअप लिङ्कमा क्लिक गरेर प्रोफाइल दर्ता गर्न सकिनेछ भने विद्यमान प्रयोगकर्ताहरूले अघिल्लो भुक्तानी रसिद र भविष्यमा अप्वाइन्टमेन्ट लिन दर्ता गरिएको पहिलेकै इमेल प्रयोग गर्नु अनिवार्य हुनेछ। यदि भिसा शुल्क २०२५ को फेब्रुअरी ३ तारिख वा त्यसअघि नै बुझाइएको भए तर प्रोफाइलमा आबद्ध नगरिएको भए, साइनअप लिङ्कमा गएर आफ्नो रसिद लिनुपर्ने दूतावासले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ प्रणाली लागू हुनुअघि, फेब्रुअरी ५ देखि ७ सम्म शुल्क भुक्तानी सेवाहरू उपलब्ध नहुने, कल सेन्टरका सेवाहरू उपलब्ध नहुने, तथा अन्तरवार्ताको समय निर्धारण वा पुनः निर्धारण गर्न नपाइने दूतावासले स्पष्ट पारेको छ। तर, सबै पूर्वनिर्धारित अन्तरवार्ताहरू सामान्य रूपमा सञ्चालन हुनेछन्। साथै, पासपोर्ट बुझाउने र लिने सुविधा पनि उपलब्ध हुनेछ। अन्तरवार्ता छुट तथा अपुग कागजात बुझाउने सुविधा पनि यथावत् रहनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com