देशनिकालाको आदेशपछि यात्रा गरेका टीपीएसवाहकले देशनिकाला खारेज र ग्रिनकार्ड आवेदन दिन पाउने


प्रकाशित मिति : माघ १४, २०८१ सोमबार

देशनिकालाको आदेश पाइसकेका र विगतमा टीपीएसमा अमेरिकाबाहिर यात्रा गरेर फर्किएका टीपीएसवाहकले देशनिकाला खारेज गराउन र ग्रिनकार्ड आवेदन दिन पाउने युएससीआईएसले प्रष्ट पारेको छ । यदि भविश्यमा ग्रिनकार्ड आवेदन दिने योजना भएमा वा युएससीआईएस समक्ष पहिले नै ग्रिनकार्ड आवेदन फाइल गरिसकेको भएमा त्यस्ता आवेदकहरुले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसमा रहेको प्रमुख कानुनी सल्लाहकारको कार्यालयमा सम्पर्क गरेर देशनिकालाको आदेश खारेज गराउनका लागि संयुक्त मोशनमा सहभागी हुनका लागि सोध्न सकिने युएससीआईएसले जनाएको छ ।

त्यस्तै युएससीआईएसले पहिले देशनिकालाको आदेश भइसकेका कारण आफ्नो क्षेत्राधिकार नभएको भन्दै ग्रिनकार्ड आवेदन अस्वीकार गरेको वा आवेदकको अस्वीकृतिलाई छुट दिने आधार भएपनि त्यस्तो आधार फाइल नगरिएको वा त्यस्तो आधारबारे निर्णय नगरिएको भएतापनि देशनिकाला खारेज गराउनका लागि आइसको प्रमुख कानुनी सल्लाहकारको कार्यालयमा सम्पर्क गर्न सकिने युएससीआईएसले सुझाव दिएको छ ।

यदि यो प्रकृयाबाट देशनिकालाको आदेश खारेज भएको खण्डमा त्यस्ता आवेदकले भविश्यमा अन्य तरिकाले योग्य भएमा रोजगारमा आधारित वा परिवारमा आधारित लगायतका ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । साथै यो प्रकृयाबाट देशनिकालाको आदेश खारेज भएमा विगतमा युएससीआईएसले क्षेत्राधिकारको कारण देखाउदै अस्वीकार गरेका आवेदन कुनै पनि समयमा पुन खोल्न सकिने वा नयाँ ग्रिनकार्ड आवेदन दिन सकिने युएससीआईएसले प्रष्ट पारेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समय बितिसकेको भएतापनि त्यस्ता आवेदन पुन खोलिने र पुन खोल्ने आवेदन दिंदा आई २९० बी आवेदनको पहिलो पेजको माथि टीपीएस रिमुभल अर्डर लेख्न युएससीआईएसले सुझाव दिएको छ । यदि तपाईंलाई आफ्नो अध्यागमन मुद्दामा कानुनी सल्लाह चाहिएको खण्डमा तपाईंलाई मद्दत गर्ने व्यक्ति कानूनी सल्लाह दिन अधिकृत भएको निश्चित गर्न युएससीआईएसले सुझाव दिएको छ ।

नेपाली टीपीएसवाहकपनि प्रभावित हुने भएकाले युएससीआईएसले यो सूचना नेपाली भाषामा समेत प्रकाशित गरेको छ । टीपीएसप्राप्त गरेर अमेरिकाबाहिर यात्रा गरेर फर्केका र विगतमा ग्रिनकार्ड आवेदन अस्वीकृत भएका वा भविश्यमा आवेदन दिने योजना बनाएका देशनिकालाको आदेश पाइसकेका नेपालीहरुले पनि यो प्रावधानबाट लाभ लिनसक्नेछन् ।

अमेरिकी अध्यागमन अदालतबाट अहिलेसम्म झण्डै ३५ सय नेपालीहरुले देशनिकालाको आदेश पाइसकेका छन् । जसमध्ये झण्डै ३ हजार नेपालीहरु देशनिकालाको आदेशपछि पनि अमेरिकाभित्रै रहेको र त्यसमध्ये झण्डै १५ सय नेपालीहरु टीपीएसमा रहेको तथ्यांकले देखाएको छ । आइसको तथ्यांक अनुशार देशनिकालाको आदेश पाइसकेका १३६५ जना नेपालीहरुसँग टीपीएसको संरक्षण छैन ।

साथै टीपीएसमा नभएका तर विगतमा देशनिकालाको आदेश पाइसकेकाहरुले पनि पहिले नै ग्रिनकार्ड आवेदन फाइल गरिसकेको भएमा वा युएससीआईएसले क्षेत्राधिकार नभएको भन्दै ग्रिनकार्ड आवेदन अस्वीकार गरेको भएमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसमा रहेको प्रमुख कानुनी सल्लाहकारको कार्यालयमा सम्पर्क गरेर देशनिकालाको आदेश खारेज गराउनका लागि संयुक्त मोशनमा सहभागी हुनका लागि सोध्न सकिने युएससीआईएसले जनाएको छ । साथै उनीहरुले समयमै आवेदन पुन खोल्नका लागि आवेदन दिनसक्ने वा नयाँ ग्रिनकार्ड आवेदन फाइल गर्नसक्ने समेत युएससीआईएसले प्रष्ट पारेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com