राष्ट्रपति ट्रम्पले भने : पहिलो अन्तर्राष्ट्रिय भ्रमण बेलायतबाट सुरु हुन सक्छ


प्रकाशित मिति : माघ १३, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो पहिलो अन्तर्राष्ट्रिय भ्रमण बेलायतबाट सुरु हुनसक्ने बताएका छन ।

पत्रकारहरुसँग कुराकानी गर्दै उनले बेलायतबाट अमेरिकी राष्ट्रपतिको भ्रमण सुरुवात गर्ने परम्परालाई अंगाल्नसक्ने सकेत गरेका हुन । तर उनले साउदी अबरबाट पनि भ्रमण सुरु हुन सक्ने संभावनालाई नकारेका छैनन ।

पहिलो कार्यकालमा उनले साउदी अरबबाट आफनो भ्रमण सुरु गरेका थिए । त्यतीबेला साउदी अबरले ४५० अर्ब डलरको अमेरिकी उत्पादन खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

उनले बेलायती प्रधानमन्त्री सर कीर स्टारमरको प्रशंसा गरेका छन । स्टामरसँग विचार नमिलेपनि उनले राम्रो गरेका छन् भन्ने मलाई लाग्छ ट्रम्पले भनेका छन । बेलायती प्रधानमन्त्रीसँग राम्रो संम्बन्ध रहेको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा बेलायती प्रधानमन्त्री सर कीरले न्यूयोर्कको ट्रम्प टावरमा ट्रम्पसँग भेट गरेका थिए।

तर, ट्रम्पका निकट सहयोगी एलन मस्कले भने सर कीरको कडा आलोचना गर्दै बारम्बार उनलाई पदबाट हटाउन आह्वान गरेका छन्।

किरले आफ्नो देशलाई दर्शनको दृष्टिकोणबाट राम्रोसँग प्रतिनिधित्व गरेका छन । म उहाँको दर्शनसँग सहमत नहुन सक्छु, तर हाम्रो सम्बन्ध निकै राम्रो छ ट्रम्पले भनेका छन ।

नोभेम्बरमा ट्रम्प पुनःनिर्वाचित भएपछि सर कीर र ट्रम्पबीच टेलिफोन वार्ता भएको थियो ।

कीरले अमेरिकाका लागि पूर्व लेबर मन्त्री लर्ड पीटर म्यान्डेल्सनलाई बेलायती राजदूतको रूपमा मनोनयन गरेका छन् । तर, ट्रम्पले यसलाई स्वीकार गर्ने वा नगर्ने भन्ने अझै स्पष्ट छैन ।

ट्रम्पको चुनाव अभियानका सहप्रबन्धक क्रिस लासिभिटाले लर्ड म्यान्डेल्सनलाई ‘पूर्ण मूर्ख’ भन्दै घरमै बस्न सुझाव दिएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com