आएको २ वर्ष नपुगेका कागजातविहीनलाई पक्राउ गरी तीव्र गतिमा देशनिकाला गर्ने नीति पुनः लागू


प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अफिसरहरुले अब कागजपत्रविहिनहरुलाई अध्यागमन न्यायाधिससमक्ष पेश नगरिकनै अमेरिकाको कुनै पनि स्थानबाट पक्राउ गरेर देशनिकाला गर्न सक्ने भएका छन् । ट्रम्प प्रशासनले शुक्रबार फेडरल रजिष्ट्ररमा प्रकाशित गर्ने तय गरेको नीति अनुशार अब अमेरिका आएको २ बर्ष नपुगेका कागजपत्रविहिनहरुलाई अमेरिकाको जुनसुकै स्थानबाट पनि पक्राउ गरेर तीब्र गतिमा देशनिकाला गर्न सकिने भएको हो ।

नयाँ नीतिले तीब्र गतिको देशनिकालाको प्रकृयालाई आक्रमक रुपमा बिस्तार गरेको छ । जस अन्तरगत अब न्यायायिक पुनरावलोकन समेत आवश्यक नपर्ने भएको छ । नयाँ नीति मंगलबार बेलुका ६ बजेदेखि लागु भएको छ ।

यो नीति अघिल्लो ट्रम्प प्रशासनले पनि सन् २०१९ को जुलाई २३ मा लागु गरेको थियो तर पछि सन् २०२२ को मार्च २१ मा बाइडेन प्रशासनले उक्त नीति खारेज गरेर अध्यागमन अधिकारीहरुले सिमाक्षेत्रको एकसय माइलभित्र पक्राउ परेका र अमेरिका प्रवेश गरेको दुईसाता नपुगेका कागजपत्रविहिनहरुलाई मात्र तीब्र गतिको देशनिकालको प्रकृयामा राख्न सकिने नीति लागु गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर मंगलबारदेखि लागु भएको नयाँ नीतिले बाइडेन प्रशासनले सन् २०२२ को मार्च २१ मा ल्याएको नीतिलाई खारेज गरिदिएकाले अघिल्लो ट्रम्प प्रशासनको सन् २०१९ को जुलाई २३ कै नीति लागु भएको हो । जसअनुशार भने अमेरिकाको जुनसुकै स्थानमा पक्राउ परेका र अमेरिका आएको दुईबर्ष भइसकेको प्रमाणित गर्न नसक्ने जोसुकै कागजपत्रविहिनहरुलाई पनि पक्राउ गरेर तीब्र गतिको देशनिकालामा राख्न सकिने भएको छ । नयाँ नीतिपछि अमेरिका आएको दुईबर्ष पूरा नभएका जोसुकै कागजपत्रविहिनहरु पनि तीब्र गतिको देशनिकालामा पर्नसक्ने भएका छन् ।

नयाँ नीतिपछि अमेरिकी अध्यागमनले दशौं हजार आप्रवासीहरुलाई अदालती सुनुवाईबिना नै देशनिकाला गर्नसक्ने भएपछि आप्रवासीहरुमा त्रास फैलिएको छ । यो नीतिका कारण अमेरिकाको जुन सुकै स्थानमा परिवारसहित बसेका कागजपत्रविहिनहरु पनि जोखिममा परेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com