तेस्रो चरणको चुनावी नतिजा ‘पाँच दिनभित्रै’


प्रकाशित मिति : भाद्र ३१, २०७४ शनिबार

मतगणना छिटो गर्न मतगणना समूहहरु थपिएकाले प्रदेश नम्बर २ को चुनावी नतिजा पाँच दिनभित्रै घोषणा गर्ने लक्ष्य रहेको निर्वाचन आयोगले बताएको छ।

आगामी सोमवार हुने स्थानीय तहको तेस्रो चरणको मतदानका लागि प्रदेश नम्बर २ का ३,५०० भन्दा बढी मतदान केन्द्रबाट आइतवारसम्म मतदाता परिचयपत्र बाँडिने आयोगका अधिकारीले बताएका छन्।

पहिलो र दोस्रो चरणको निर्वाचनमा भौगोलिक र प्राविधिक कारणवश निर्धारित समयमा मतदाता परिचयपत्र बाँड्न नसकेकोले आलोचना भोगेको आयोगले यसपटक सहजतापूर्वक मतदाता परिचयपत्र वितरण गर्ने गरी कर्मचारीहरु खटिएको बताएको छ।

१ महानगरपालिका, ३ उपहानगरपालिका र ७३ नगरपालिका रहेको प्रदेश नम्बर २ मा मतगणना नै प्रमुख चुनौती रहेको आयोगको ठम्याइ छ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

चुनौती

शुक्रवारदेखि शुरु भएको मतदाता परिचयपत्र वितरणको कार्यक्रम तीन दिनसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने आयोगले जनाएको छ।

प्रदेश नम्बर २ का १३६ स्थानीय तहका झण्डै साढे २६ लाख मतदातालाई ३५ सयभन्दा बढी मतदान केन्द्रबाट मतदाता परिचयपत्र बाँड्नका लागि आवश्यक जनशक्ति र बन्दोबस्तीका सामाग्रीसहित उपस्थित भइसकेको आयोगले बताएको छ।

कतिपय भित्री तराईका केन्द्रहरुमा पुग्न केही चुनौती रहेको बताउँदै निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, “मतदाता परिचय वितरण गर्न अहिले त्यस्तो समस्या अनुभव गरेका छैनौँ। टाढा जानुपर्ने ठाउँमा पहिलेदेखि नै मान्छे खटाएर शुक्रवार पुग्ने व्यवस्था मिलाइएकोले यसपालि पहिलेको जस्तो समस्या आउँदैन।”

आयोग

प्रत्येक मतदान केन्द्रबाट बढीमा १ हजार चानचुन मतदाता परिचयपत्र वितरण गर्ने गरी व्यवस्था मिलाइएको छ।

पहाडी र हिमाली भेगको तुलनामा तराईका मतदान केन्द्रमा छिटो पुग्न र आकस्मिक रुपमा समेत आवतजावत गर्न मिल्ने भएकोले सोही अनुसार मतदाता परिचयपत्र वितरण, मतदान र गणना गर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

अनिवार्य

मतदाता परिचयपत्र वितरणसँगै बदर मतको संख्या घटाउन मतदाता शिक्षालाई सँगसँगै प्रभावकारी ढंगले अगाडि बढाइएको आयोगले जनाएको छ।

अहिलेका निम्ति मतगणना नै प्रमुख चुनौती रहेको भन्दै प्रवक्ता ढकालले भने, “कठिन काम भनेको मतगणनाको विषय नै आउँछ। यसपटक हामीले पाँच दिनभित्र १३६ वटै स्थानीय तहको नतिजा आउने गरी योजना बनाएका छौँ।”‘

आयोगका अनुसार विदेश गएका वा अन्य कारणले परिचयपत्र लिन नसक्नेले परिवारका अन्य सदस्यको सहयोगमा मतदान गर्ने दिनमा समेत परिचयपत्र लिन सक्नेछन्।

राजनीतिक उतारचढावका कारण पटक-पटक सर्दै आएको २ नम्बर प्रदेशमा १३६ प्रमुख र उपप्रमुख, १,२७१ वडाध्यक्ष, सोही संख्यामा महिला, दलित सदस्य गरी ६,६०० भन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन्।

प्रथम र दोस्रो चरणमा करिब ४१ प्रतिशत महिला र ५९ प्रतिशत पुरुष निर्वाचित भएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com