ट्रम्पको अध्यागमन नीति लागू गर्न अस्वीकार गर्ने अधिकारीविरुद्ध छानबिन र कारवाहीको आदेश


प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

डिपार्टमेन्ट अफ जस्टिसको अन्तरिम नेतृत्वले देशभरका न्यायाधिवक्ताहरूलाई ट्रम्प प्रशासनको नयाँ आप्रवासन नीतिहरू कार्यान्वयन गर्न अस्वीकार गर्ने कानून कार्यान्वयन अधिकारीहरूको अनुसन्धान र अभियोजन गर्न आदेश दिएको छ । राष्ट्रपति ट्रम्पका आप्रवासन नीतिसम्बन्धि लगायतका कार्यकारी आदेशहरू लागू गर्न डिपार्टमेन्ट अफ जस्टिसका सबै कर्मचारीहरूलाई निर्देशन दिन तयार पारिएको तीन पृष्ठ लामो मेमोमा राज्य तथा स्थानीय अधिकारीहरू संघीय विभागलाई सहयोग गर्न कानूनी रूपमा बाध्य भएको अनुपालन नगरेमा आपराधिक अभियोग वा नागरिक सजायको सामना गर्नुपर्ने उल्लेख गरिएको छ।

होमल्यान्ड सेक्युरिटीले शिकागो र सान डिएगोजस्ता उच्च अवैध आप्रवासी जनसंख्या भएका शहरहरूमा लक्षित छापा मार्ने तयारी गरिरहेका बेला यो मेमो आएको हो, जसले स्थानीय अधिकारीहरूसँग टकराव सिर्जना गर्ने सम्भावना छ। दस्तावेजले ट्रम्प प्रशासनको कठोर आप्रवासन नीतिहरू लागू गर्न डिपार्टमेन्ट अफ जस्टिसले खेल्ने केन्द्रीय भूमिकालाई उजागर गरेको छ।

संघीय कानूनले राज्य र स्थानीय निकायहरूलाई कानूनी आप्रवासन सम्बन्धी आदेशहरू अवरोध, अवज्ञा वा अस्वीकार गर्नबाट रोक्ने अन्तरिम उप महान्यायाधिवक्ता तथा ट्रम्पका आपराधिक रक्षा टोलीका पूर्व सदस्य एमिल बोभ तेस्रोले लेखेका छन्।

बोभले डिपार्टमेन्ट अफ जस्टिसका विभिन्न शाखाहरू तथा वाशिंगटनस्थित मुख्यालयका अधिकारीहरूलाई यस्ता अवरोधका घटनाहरू अनुसन्धान गर्न र आवश्यक परे अभियोजनको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। उनले स्थानीय निकायहरूलाई संघीय नीतिहरू विपरीत जाने कुनै पनि कार्य नगर्न चेतावनी दिँदै विभागका नागरिक कानूनी विज्ञहरूलाई ट्रम्पका कार्यकारी आदेशहरू नमान्ने राज्य तथा स्थानीय कानून, नीति र गतिविधिहरू पहिचान गर्न र आवश्यक परे कानूनी कारबाही अघि बढाउन निर्देशन दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेमो योजनाबद्ध छापा तथा अन्य कदमहरूको विस्तृत विवरण दिइएको छैन, तर लागुऔषध संकट, गिरोह गतिविधि र आप्रवासी अपराधलाई कठोर आप्रवासन कारबाहीको आधार बनाइएको छ। मेमोको भाषाशैली कडा रहेको छ र यसलाई संघीय आदेशलाई ढिला गर्ने वा आक्रामक रूपमा कार्यान्वयन नगर्ने डिपार्टमेन्ट अफ जस्टिसका कर्मचारीहरूका लागि चेतावनीका रूपमा समेत हेरिएको छ।

ट्रम्प टोलीले डिपार्टमेन्ट अफ जस्टिसका कर्मचारीहरूले कुनै आदेशलाई अनैतिक वा अवैध ठानेर कार्यान्वयन गर्न अस्वीकार गर्न सक्ने चिन्ताका कारण, अवज्ञा गर्ने अभियोजकहरूलाई अन्यत्र सार्ने वा अनुशासनात्मक कारबाही गर्ने योजना बनाएको छ। साथै, अभियोजकहरूलाई मेक्सिको सीमानजिकका पाँच अमेरिकी न्यायाधिवक्ताका कार्यालयहरूमा स्थानान्तरण गर्ने योजना बनाइएको छ। अवज्ञा गर्ने कर्मचारीहरूलाई अप्ठ्यारो जिम्मेवारी दिएर राजीनामा दिन दबाब सिर्जना गर्ने रणनीति समेत छलफलमा छ।

मेमोमा बोभले अभियोजकहरूलाई सबैभन्दा खतरनाक अवैध आप्रवासीहरूलाई लक्षित गर्दै आप्रवासन अनुसन्धान तत्काल तीव्र पार्न आदेश दिएका छन्। साथै, नीति अनुसार कार्य नगरेमा प्रत्येक निर्णय वरिष्ठ अधिकारीहरूबाट अनुमोदन गराउनुपर्ने नियम बनाइएको छ। अभियोजन नगर्ने निर्णय भएमा तत्काल तात्कालिक प्रतिवेदन दर्ता गर्नुपर्नेछ । प्रत्येक अमेरिकी न्यायाधिवक्ताको कार्यालयले त्रैमासिक रूपमा आप्रवासन सम्बन्धी मुद्दाहरूको विवरण पेस गर्नुपर्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com