दैनिक १२ घण्टा भारि बोकेरपनि दसैँ मनाउन नसकिने कुरामा दुखित छन न्युरोडमा पसिना बगाउने भरिया हरु ,


प्रकाशित मिति : भाद्र ३०, २०७४ शुक्रबार

बिष्णु अधिकारी बिहान करिब ७ बजे तिर न्युरोड पुग्छन हातमा नाम्लो बोकेर यो उनको २० बर्ष देखिको दैनिकी हो | चरिकोट घर भयका उनि भारी बोकोर आफ्नो ५ सन्तान गरि ७ जनाको परिवार पालिरहेका छन | तर अहिले भने उनि आफ्नो कमाइले परिवारको चाहाना पुरा गर्न नसक्ने बताउछ | दशैं नजिकिदै गर्दा दैनिक कमाइ भने संतोसजनक नभयको बताय , दैनिक २००० देखी २५०० सय कमाइले कसरी दशैँ मनाउने र कसरि परिवारको चाहाना पुरा गर्ने भन्ने कुराले उनि अन्योलमा छन | अगिलो वर्ष को भन्दा झन्डै आधा भन्दा कम कमाइले दशैँ मान्न नसक्ने उनि बताउछन|

बर्सेनि कपडा र रासनको भाउ बड़दै गयको छ तर कमाइ वोरालो लागेकोले गर्द्दा उनले झनै निरास भने यो चाडपर्ब त केबल धनि र पैसा हुनेहरुको लागि मात्रै हो भनेर गुनासो पोखे | हुनपनि पिडा नहोस पनि किन दैनिक १२ घण्टा भारी बोकेर दुख गर्दा पनि परिवार पाल्न गारो हुन्छ उमेरले ४२ वर्ष पार गरेका बिष्णु अबत उमेरले पनि नसक्ने हुदै गएका छन |

एता बिष्णु को जस्तै पिडामा छन अर्का राम बहादुर कार्की १५ वर्ष देखि भारी बोक्दै आएका रामबहादुरको ५ जनाको परिवार छ | १ छोरा २ छोरी का बाबु रामबहादुर छोरा छोरीको स्कूलको फी तिर्न गारो परेको करा सुनाए संगै यो आउदै गरेको दसैँ लाइ पनि उनि भन्छन दैनिक १५ सय देखि २ हजार को कमाइ ले कसरि परिवारको चाहाना पुरा गरु फी देखि घर खर्च सम्म ?

दैनिक १२ घण्टा भारी बोकेपछि आफ्नो सरिरको पनि ख्याल राख्नु परो उनि भाबुक हुदै भन्छन कमै जति बिहान बेलुका छाक टार्न नै मात्र ठिक छ अब कता बाट जोगाउनु कतै केहि भयो भने उपचार गर्ने पैसा पनि छैन भारी त केबल बल छौञ्जेल मात्रै त सकिएला बोक्न यस्तो कमाइले भबिस्यमा कसरि अगाडी बढीएला भन्ने कुराले चिन्ता लाग्ने गरेको बताए | बिष्णु र रामबहादुर केबल प्रतिनिधि पात्र मात्रै यस्ता रामबहादुर र बिष्णु धेरै छन जो दैनिक १२ घण्टा भारि बोकेर आफ्नो गुजारा चलाउदै आएका छन |

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com