अमेरिका र रुससंग चीनको व्यापार बढ्यो


प्रकाशित मिति : पुस २९, २०८१ सोमबार

APTOPIX China Russia

चीन र रुसबीच सन् २०२४ मा किर्तिमानी व्यापार भएको भन्सार तथ्याङ्कले देखाएको छ ।

चीन र रुसबीच गत वर्ष व्यापार रेकर्ड उचाइमा पुगेको सार्वजनिक भएको आधिकारिक तथ्याङ्कले देखाएको हो ।

यसले रुसमाथि पश्चिमी प्रतिबन्धहरू हुँदाहुँदै पनि दुई देशबीचको बलियो आर्थिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।

चीनको भन्सार प्रशासन महाशाखाले प्रकाशित गरेको तथ्याङ्कअनुसार सन् २०२४ मा रुससँगको कूल आयात र निर्यात २ खर्ब ४४ अर्ब ८० करोड डलर पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सन् २०२३ को २ खर्ब ४० अर्ब १० करोड डलरको तुलनामा केही बढी हो ।

गत वर्षको वृद्धिले ठूला छिमेकी देशहरू बीचको व्यापारलाई ऐतिहासिक उच्च विन्दुमा पु¥याएको देखिएको छ ।

सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेपछि चीन र रुसबीचको राजनीतिक र आर्थिक सम्बन्ध गहिरो भएको छ ।

उक्त सम्बन्धलाई अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूबाट व्यापक आलोचना गर्दै कडा प्रतिबन्धहरू लागू गरेका छन् ।

चीनले सङ्कटमा आफूलाई तटस्थ पक्षको रूपमा राख्न खोजेको छ ।

सन् २०२४ मा विश्वको शीर्ष दुई अर्थतन्त्र चीन र अमेरिकाबीचको व्यापार ३ दशमलव ७ प्रतिशतले बढेर ६ खर्ब ८८ अर्ब ३० करोड डलर पुगेको चिनियाँ भन्सार तथ्याङ्कले देखाएको छ ।

आफ्नो पहिलो कार्यकालमा चीनमाथि व्यापक शुल्क लगाउने अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा अर्को हप्ता सुरु हुने गरी अझ बढी आक्रामक व्यापारिक कदमहरूको धम्की दिएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com