न्युयोर्क रिजउडमा सोमबारदेखि १ महिने श्रीस्वस्थानी व्रतकथा महोत्सव


प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

न्युयोर्क रिजउडमा सोमबारदेखि १ महिने श्रीस्वस्थानी व्रतकथा महोत्सव आयोजना गरिने भएको छ । यसपटक विगतको तुलनामा श्रीस्वस्थानी व्रतकथा अझ बृहत र भब्यरुपमा गर्ने तयारी भइरहेको रिजउड नेपाली समाजको न्युयोर्क श्रीस्वस्थानी व्रतकथा महोत्सव मूल समारोह समितिले जानकारी दिएको छ ।

जनवरी १३ मा सुरु हुने श्रीस्वस्थानी व्रतकथा महोत्सव फेब्रुअरी १२ सम्म हरेक दिन बेलुका ७ बजे देखी साढे ९ बजेसम्म संचालन हुने भएको छ । यो महोत्सवलाई बृहतर रुपमा सफल पार्नको लागि सम्पूर्ण नेपाली डायस्पोराका संघ संस्थाहरुलाई साझेदारको रूपमा हातेमालो गर्दै मौलिक संस्कृतिको संवर्धन गर्न मद्वत गर्न आयोजकले अनुरोध गरेका छन् ।

कार्यक्रममा सामेल भएर आयोजक समितिको हिस्सा बन्न ईच्छुक कुनै पनि संघ संस्था वा सामाजिक ब्यक्तित्वहरुलाई आयोजक समिति वा रिजउड नेपाली समाजको कार्यसमितिमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

पौष शुक्लपूर्णिमाका दिनदेखि सुरु भएर माघ शुक्लपर्णिमासम्म चल्ने श्री स्वस्थानी व्रतकथा वैदिक सनातन कालदेखि धार्मिक रुपले अति नै महत्वपूर्ण मानिन्छ । कर्ता हुन ईच्छुक श्रद्वालु भक्तजनहरुलाई अग्रिम रुपमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । साथै मन्दिरको स्तरोन्नतिका लागि दान गर्न ईच्छुक दाताहरुलाई पनि आयोजक समिती तथा रिजउड नेपाली समाजको कार्यसमितिका सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिजउड नेपाली समाजले विगतदेखि नै एकमहिने श्रीस्वस्थानी व्रतकथा आयोजना गर्दै आएकोमा यो ब्रतकथा सबै हिन्दु नेपालीहरुको साझा रहेको समाजका सचिव अमितप्रताप शाहले बताए । ब्रतकथाको आयोजना रिजउड नेपाली समाजले गरेतापनि यो न्युयोर्क र आसपासमा बस्नै सबै नेपालीको न्युयोर्क स्वस्थानी महोत्सव भएको बताउँदै शाहले न्युयोर्क र आसपासमा बस्ने सबै नेपालीहरुलाई सहभागी हुन आग्रह गरे ।

यो महोत्सवले दोश्रो पुस्ताका नेपालीहरुलाई धर्म र संस्कृतिको जगेर्ना गर्नमात्र नभई नेपालीपन झल्काउनका लागि समेत मद्दत गर्ने श्रीस्वस्थानी व्रतकथाका कथावाचक तथा पूजा संयोजक पं दिपक खरालले बताए । श्रीस्वस्थानी व्रतकथा महोत्सव अवधिभर विहान नित्य पूजा कायम रहने जानकारी दिदै बेलुका पूजा, कथावाचन र भजनकीर्तनका साथ हुने व्रतकथा महोत्सवलाई सफल बनाउन सबैलाई तन, मन र धनले साथ दिन खरालले आग्रह गरेका छन् ।

त्यस्तै मूल समारोह समितिका अध्यक्ष तथा संस्थाका उपाध्यक्ष तुलसीराम आचार्यले ब्रतकथा महोत्सव भव्य रुपमा सफल बनाउन विभिन्न उपसमितिहरु समेत बनाएर संयोजकहरु तोकिएको जानकारी दिए । उनले हरेक दिन एकजना व्यक्तिलाई प्रमुख अतिथिका रुपमा सम्मान गर्ने समेत जानकारी दिदै कार्यक्रमलाई सफल बनाउनका लागि सबैसँग अनुरोध समेत गरे । उनले सप्ताहन्तका दिनमा अझ रोचक कार्यक्रमहरु राखिने समेत जानकारी दिए ।

त्यस्तै कार्यक्रम संयोजक पं उद्धव शास्त्रीले श्रीस्वस्थानीको मौलिक पाटोबारे प्रष्ट पार्दै झण्डै १ दशकअगाडि रिजउडमा श्रीस्वस्थानी ब्रतकथा सुरुवात गर्दाको स्मरण समेत गरे । नेपालमा घरघरमा पढिने श्रीस्वस्थानी ब्रतकथा अमेरिकामा पनि एकमहिनासम्म आयोजना गर्ने वातावरण निर्माण भएकाले सबैलाई सहभागी हुन उनले आग्रह गरे । कार्यक्रम नेपाली धर्म र संस्कृतिको प्रर्वद्धन तथा नयाँ पुस्तामा पनि निरन्तरताका लागि गर्न लागिएको उनले बताए । ब्रतकथाका क्रममा दानबाट प्राप्त रकम मन्दिरको स्तरोन्नतिमा लगाइने उनले प्रष्ट पारे ।

त्यस्तै रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टले अमेरिकामा रहेका नेपालीहरुको सहयोगबाटै मन्दिरको निर्माण सम्भव भएको उल्लेख गर्दै मन्दिर केबल रिजउडमा बस्ने नेपालीहरुकोमात्र नभई सबै स्थानमा बस्ने नेपालीको साझा भएकाले बृहत्तर रुपमा बुझिदिन आग्रह गरे । उनले यो मन्दिर नेपाली समुदायलाई एकीकृत गरेर अगाडि लैजानका लागि उत्प्रेरक समेत रहेको उल्लेख गर्दै विगतमा नेपाली समुदायमा जोडिन नचाहने दोश्रो पुस्ताका नेपालीहरु समेत मन्दिरमा नेपाली कार्यक्रमहरु आयोजना गरिएका कारण नेपाली कला, संस्कृति र समुदायसँग जोडिन थालेको बताए ।

पहिलो पुस्ताका नेपालीहरुले भाषागत लगायतका विभिन्न अवरोधहरु सामना गर्नुपर्ने भएकाले अगाडि बढ्नका लागि सिमितताहरु रहने भएकाले अब दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाली कला, संस्कृति र समुदायसँग एकाकार गराएर अगाडि बढ्न सकेमा भविश्यमा अमेरिकामा नेपाली अमेरिकन समुदाय सशक्त बन्न सक्ने भट्टले बताए ।

श्री स्वस्थानी व्रत  पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ ।

श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेशमान्तक वन  काठमाण्डौमा छन् । यो व्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नैपाल कै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com