अमेरिकाको टेक्सासदेखि क्यारोलिनासम्म हिमपात र अत्यधिक चिसो बढ्ने


प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

(221226) — NEW YORK, Dec. 26, 2022 (Xinhua) — Heavy snow blankets the court yard of a house and surrounding areas in Amherst, Erie County, New York State, the United States, Dec. 25, 2022. A major winter storm has taken at least 23 lives across the United States as of Saturday evening, according to NBC News. The media outlet reported that deaths had occurred in the states of Oklahoma, Kentucky, Missouri, Tennessee, Wisconsin, Kansas, Nebraska, Ohio, New York, Colorado, and Michigan. (Photo by Xuehong Lyu/Xinhua)

अमेरिकाको टेक्सास र अर्कान्ससदेखि क्यारोलिनासम्मको क्षेत्रका बासिन्दाले उल्लेखनीय जाडो मौसमको सामना गर्नुपर्ने देखिएको छ ।

मौसमविद्हरूले बिहीबार र शुक्रबार बाक्लो हिउँ र बरफ को भविष्यवाणी गरेका छन् । जसले यस हप्ता दक्षिणी क्षेत्रभरि समस्या सिर्जना गर्ने सम्भावना छ ।

टेक्सास र ओक्लाहोमाका दक्षिणी मैदानदेखि क्यारोलिना तटीय मैदानसम्म यो जाडो मौसमी प्रणालीले असर गर्नेछ ।

यस क्षेत्रमा बस्ने मानिसहरूलाई सडक दुर्घटना, बिजुली आपूर्ति अवरोध र विद्यालयहरू बन्द हुने अवस्था सिर्जना गर्न सक्ने सम्भावना छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिणी अमेरिकामा सामान्यतः थोरै मात्राको हिउँ वा बरफले पनि जनजीवनमा अवरोध पुर्याउन सक्छ ।

बिहीबार बिहानै टेक्सासको उत्तरी भाग र ओक्लाहोमामा हिउँ पर्न सुरु भइसकेको थियो । यो आँधी मेक्सिकोको खाडीमा बनेर उत्तरपूर्वतर्फ सर्ने अपेक्षा गरिएको छ ।

भारी हिउँ प्रायः टेक्सास र ओक्लाहोमाको उत्तरी भागमा पर्ने सम्भावना छ ।

टेक्सासमा दुईदेखि चार इन्च हिउँ पर्न सक्ने अनुमान गरिएको छ । जुन इन्टरस्टेट २० को उत्तरमा पर्ने क्षेत्र हो । यो क्षेत्रमा सामान्यतः एक सिजनमा दुई इन्चभन्दा कम हिउँ पर्ने गर्दछ ।

डालासका विद्यालयहरू बिहीबार र शुक्रबार बन्द हुनेछन् । गभर्नर ग्रेग एबटले पत्रकार सम्मेलनमा चालकहरूलाई सचेत गराउँदै भने, “सावधानी अपनाउनुहोस् ।

हामीलाई हिउँ र बरफमा सवारी चलाउने बानी छैन । यस्तो अवस्थामा गाडी चलाउन हामी सक्षम छैनौं। ”

बिहीबारदेखि शुक्रबारसम्म आँधी मेक्सिकोको खाडी पार गर्दै उत्तरपूर्वतर्फ सर्नेछ । यसको बाटोमा हुने सानो परिवर्तनले विभिन्न स्थानमा फरक किसिमको मौसमी प्रणाली ल्याउन सक्ने अनुमान गरिएको छ ।

आँधीले पूर्वतटबाट बाहिर सर्दै बलियो हुनेछ । तर उत्तरपूर्वमा ठूलो असर पार्ने सम्भावना छैन । पूर्वतटमा असामान्य चिसो अर्को हप्ता पनि कायम रहनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com