अमेरिकाको लस एन्जलसमा डढेलोका कारण ज्यान गुमाउनेको संख्या ५ पुग्यो, करिब २ लाख विस्थापित


प्रकाशित मिति : पुस २४, २०८१ बुधबार

अमेरिकाको लस एन्जलसमा डढेलोका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । लस एन्जलस शेरिफको कार्यालयले डढेलोबाट थप तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

अल्टाडेना क्षेत्रमा सुरु भएको इटन आगलागीबाट २ जनाको मृत्यु भइसकेको छ । लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले इटन आगलागीबाट अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको बताएका छन ।

डढेलोले पाँच वटा क्याम्पसहरूलाई ठूलो क्षति पुर्याएको छ । एक विद्यालयमा ८० प्रतिशत क्षति भएको छ ।

पासाडेना नगरप्रमुख भिक्टर गोर्डोले १ लाखभन्दा बढी मानिसहरूलाई अनिवार्य रूपमा सुरक्षित स्थानमा जान आदेश दिइएको बताए । थप १ लाखलाई चाँडै नै विस्थापित गर्नुपर्ने चेतावनी दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राज्यभर र देशभरबाट अग्नि नियन्त्रण टोलीले डढेलो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । वुडली आगलागी नियन्त्रणमा आएको र हवाई अपरेसन पुनः सुरु भएको छ । तर, हावा बढेमा स्थिति नियन्त्रण बाहिर जानसक्ने चिन्ता पनि उस्तै छ ।

ग्यास आपूर्ति कटौतीका कारण १५ हजार भन्दा बढी मानिस प्रभावित भएका छन् । हावाको बेग रातभर बलियो नै रहनेछ संभावना देखिएको छ ।

पासाडेना फायर चिफ चाड अगस्टिनले इटन आगलागी नियन्त्रण गर्न ७५० भन्दा बढी अग्नि नियन्त्रणकर्मीहरूले काम गरिरहेका बताएका छन् । आगलागी हाल १० हजार ६०० एकड क्षेत्रमा फैलिएको छ ।

क्यालिफोर्नियाका विभिन्न स्थान र एरिजोनाबाट समेत उद्धार टोलीहरू सहयोग गर्न पुगका छन् । हालसम्म २०० देखि ५०० संरचनाहरू क्षतिग्रस्त वा पूर्ण रूपमा नष्ट भएका बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com